बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपा निकट प्रवासी संगठनद्वारा पहिरो पीडितलाई सहयोग

सोमबार, ०४ कात्तिक २०७६, १६ : २६
सोमबार, ०४ कात्तिक २०७६

बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भारतमा रहेको नेपाली  प्रवासी संगठनले गुल्मीको सत्यवतीका बाढी पहिरो पीडितहरुलाई सहयोग उपलब्ध गराएको छ । 

   गत साउन ६ गते रातिको अविरल बर्षाका कारण साउन ७ गते विहान आएको बाढी पहिरोबाट १३ जना आफन्त गुमाएका र  सयौं घरधुरीका परिवार  विस्थापित भएका  सत्यवती गाउँपालिका वडा नम्वर  ३  ठुलोलुम्पेक र वडा नम्वर ४ लिम्घाका पहिरो पीडितहरुलाई सो संगठनले ३ लाख  भन्दा  बढी सहयोग हस्तान्तरण गरेको हो ।

 वडा नम्वर ३ ठुलोलुम्पेक र  वडा नम्वर ४ लिम्घामा ३ लाख २ हजार ६ सय ७४ रुपैयाँ   स्थानिय तह मै पुगेर सो संगठनका नेताहरुले हस्तान्तरण गरेका हुन् ।   नेपाली प्रवासी संघ भारतका केन्द्रिय अध्यक्ष  लोकनाथ भण्डारीका अनुसार उक्त  सहयोग रकम सो संगठनको महाराष्ट्र गुजराँत  संयुक्त राज्य समिति,  नवि मुम्वई नगर समितिको अगुवाईमा संकल गरिएको थियो ।

 संगठनका केन्द्रिय सदस्य एवं संयुक्त राज्य समितिका सल्लाहकार थानेश्वर भट्ट्राईले आफू ठुलोलुम्पेकवासी रहेको र  स्थानियका हिसावले भन्दा  पनि  जनता  प्रति उत्तरदायी  नेकपाको  प्रवासी संगठनको हैसियतले विपदमा परेका नेपालीहरुको उद्दारमा जुटेको बताएका थिए ।

   सहयोग हस्तान्तरण कार्यक्रममा केन्द्रय सांस्कृतिक विभागका संयोजक तथा ठुलोलुम्पेकका वासीन्दा रुद्र राकसकोटी ,  सोही स्थानमा घर भई मुम्वईमा कार्यरत सो संगठन राज्य समिति सदस्य भीम बराल र  नवि मुम्वई नगर कमिटी सह सचिव घनश्याम सिंजाली लगायतले सहयोग संकलनमा अगुवाई गरेको सो संगठनले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप