शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पाँच किलो चरेससहित महिला पक्राउ

सोमबार, ०४ कात्तिक २०७६, २२ : २३
सोमबार, ०४ कात्तिक २०७६

रुकुम-पूर्व प्रहरीले एक महिलालाई पाँच किलो चरेससहित पक्राउ गरेको छ । पुथाउत्तरगङ्गा गाउँपालिका –१२ को क्युबाङबाट २७ वर्षीया शीला सुनारलाई उक्त परिमाणको चरेससहित पक्राउ गरेको हो । 

सोही ठाउँको गर्खानीबाट क्युवाङतिर लैजाँदै गरेको चरेस गएराति प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । विशेष सूचनाका आधारमा प्रहरी टोली परिचालन गरी चरेससहित महिलालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वीरबहादुर सुनारले बताए । सुनारलाई आज २० दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको उनले जानकारी दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप