बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

चुम्बन विवादः विशाल ददलानीले भने, ‘म पुलिस बोलाउन चाहन्थेँ तर नेहाले उसलाई छोडिदिइन्’

मङ्गलबार, ०५ कात्तिक २०७६, ०८ : ०४
मङ्गलबार, ०५ कात्तिक २०७६

इन्डियन आइडल ११ को अडिशनमा एक प्रतियोगीले नेहा कक्कडलाई जबरजस्ती चुम्बन गरेको मामलामा विशाल ददलानीले प्रतिक्रिया दिएका छन् । विशालले ट्वीटरमा आफूले पुलिसलाई बोलाउन चाहेको तर नेहाले ती व्यक्तिलाई जान दिएको बताइन् ।

केही दिनअघि अडिसन दिन पुगेका एक प्रतियोगीले नेहालाई गालामा चुम्बन गरेका थिए । नेहाबाहेक विशाल ददलानी र अनु मलिक पनि जजको रुपमा उक्त कार्यक्रमसँग जोडिएका छन् । एकातर्फ यो मामलामा धेरैले रिस व्यक्त गरिरहेका छन् भने कतिले यसलाई टिआरपी पाउनका लागि पब्लिसिटी स्टन्ट बताइरहेका छन् ।

ट्वीटरमा एक प्रयोगकर्ताले विशाल ददलानीलाई प्रश्न सोधे, ‘सर ती व्यक्तिलाई यति सजिलै जान दिन हुँदैनथ्यो । ’ यसमा विशालले जवाफ दिए, ‘म पुलिस बोलाइयोस् भन्ने चाहन्थेँ तर नेहाले उसलाई जान दिइन् । ती पुरुषलाई मानसिक उपचारको खाँचो छ, हामी उसलाई यसमा मद्दत गर्नेछौं ।’


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप