शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

टुबोर्ग ओपन सेसन्स् २ मा दी एलिमेन्टस्को अल्लारे

मङ्गलबार, ०५ कात्तिक २०७६, १२ : ५३
मङ्गलबार, ०५ कात्तिक २०७६

काठमाडौं– नेपाली संगीत क्षेत्रमा आफ्नो प्रतिभाशाली प्रस्तुतिहरु पेश गर्दै आइरहेको दी एलिमेन्टस ब्याण्डले टुबोर्ग ओपन सेसन्स् २ मा आफ्नो लोकप्रिय गीत अल्लारे को प्रस्तुति दिएका छन् । 

टुबोर्ग र च्यानल आरबिट्ररीद्वारा सञ्चालन हुने टुबोर्ग ओपन सेसन्स् २ एक युट्युब सिरिज हो जसमा, विभिन्न प्रसिद्घ कलाकारहरुको स्टुडियोमा प्रत्यक्ष रेकर्ड गरिएको प्रस्तुतिहरु पेश गरिन्छ । 

उक्त डिजिटल प्ल्याटफर्म प्रसिद्ध कलाकारहरुको गौरवपूर्ण उत्सव हो जहाँ उनीहरुको लोकप्रिय गीतहरु फरक तरीकाले प्रदर्शन गर्छन् । सबैभन्दा महत्वपूर्ण रुपमा टुबोर्ग स्टेज उदाउँदो कलाकारहरुको लागि उक उत्तम च्यानल हो । यसले उनीहरुको संगीत प्रवर्धन गर्नुका साथै गीतको प्रोमोसन पनि गर्छ ।

अल्लारे गीतको शब्दहरु मत्र एकै रातमा लेखिएको थियो । सुरुमा सामान्य रुपमा उकुलेले को धुनमा अनी सामान्य रेकर्डर प्रयोग गरि रेकर्ड गरिएको थियो । टुबोर्ग ओपन सेसन्स् २ मा भने थप जोसिलो र रमाईलो शैलीमा यो प्रस्तुते गरिएको छ । गीतको वातावरण र प्रकृतिलाई थप रमाईलो बनाउन धेरै बाजाहरुको धुन थपिएको छ ।

दी एलिमेन्टस् मा ईशान ओन्टा गायक, ड्रममा दिपेश गुरुङ र गीतारमा रौनक सिङ अधिकारी रहेका छन् । टुबोर्ग ओपन सेसन्स् को पहिलो संस्करणमा दि एलिमेन्टस् ले प्रस्तुति दिएको लोकप्रिय गीत ‘बिर्सने हौ कि’ ले सबै भन्दा धेरै भ्युज र स्ट्रिम संकलन गरेको छ । 

टुबोर्ग ओपन सेसन्स् सिजन २ मा प्रख्यात निर्माता रोहित शाक्य र मनोज कुमार केसीले नेपाली संगीतको सारलाई पुनर्जीवित गर्दै सबै २६ वटा गीतहरुमा सँगै सहकार्य गर्नेछन् । 

सिजन २ ले नेपाली संगीतकारहरुसँग गौरवपुर्ण उत्साह मनाउँदै उनीहरुलाई टुबोर्ग ओपनको मञ्चमा ल्याउने क्रम जारी राख्नेछ । नेपाली संगीत उद्योगको विविधतालाई अँगाल्ने र परम्परागत साँगीतिक आधारहरुलाई सम्मान गर्ने यस सेसनको लक्ष्य रहेको छ । 

टुबोर्ग ओपन सेसन्स् सिजन १ ले नेपाली दर्शकहरुलाई कलाकारहरुको विविध समुहको प्रस्तुतीको साथ ध्यानाकर्षण गर्न सफल रह्यो । सिजन १ मा ५ ड्रिम बिग प्रोजेक्टका विजेताहरुको साथै ३६ जना लोकप्रिय कलाकारहरुले ५१ वटा गीतहरु निर्माण गर्न सँगै सहकार्य गरेका थिए जुन युट्युबमा च्यानल आरबिट्ररी मार्पmत अपलोड गरिएको थियो जसले १ करोड भन्दा बढी भ्यूज संकलन गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप