शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

१४९ प्रकारका भिटामिन तथा खाद्य सामाग्री आयात तथा बिक्री नगर्न औषधि व्यवस्था विभागको आग्रह (सूचीसहित)

मङ्गलबार, ०५ कात्तिक २०७६, १६ : ३४
मङ्गलबार, ०५ कात्तिक २०७६

काठमाडौं । औषधि व्यवस्था विभागले १४९ किसिमका भिटामिन तथा खाद्य सामाग्री बिरामीलाई सिफारिस नगर्ने सूचना जारी गरेको  छ । 

विभागका प्रतिनिधिहरुले धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको गेटमा रहेको औषधि पसलहरुमा अनुगमन गर्दा व्यापक रुपमा भिटामिन तथा खाद्य सामाग्रीहरु बिक्री वितरण भएको पाएका थिए । यस्ता खाद्य सामाग्रीहरु विभागमा दर्ता नभएको हुँदा प्रतिष्ठानका चिकित्सकहरुबाटै औषधिको रुपमा पुरक सामाग्रीहरु सिफारिस भएको फार्मेसी व्यवसायीको भनाइ थियो । अनुगमनमा समेत त्यस्ता सिफारिसका धेरै पुर्जाहरु भेटिएको विभागले जनाएको छ । 

नेपाली बजारमा डायटरी सप्लिमेन्ट र न्युट्रासिटिकल्सको नाममा औषधिजन्य उत्पादन बिक्री वितरण अधिक हुँदै आइरहेको छ । नियमअनुसार चिकित्सकले यस्ता सामाग्री सिफारिस गर्न पाउँदैनन् । चिकित्सकीय उपचारमा प्रयोग हुनेभन्दा कम मात्रामा उपलब्ध भिटामिन, मिनिरल लगायतका धेरै समिश्रणहरुलाई हालसम्म औषधि व्यवस्था विभागले प्रतिबन्ध लगाएको छ ।

तर, देशभर यस्ता न्युट्रासियुटिक्लसको नाममा औषधिजस्तै देखिने र बिरामी पनि भ्रममा परी औषधि भनी सेवन गर्ने भएको हुँदा विभागले चिकित्सकलाई सिफारिस नगर्न सूचना जारी गरेको हो । हालसम्म यस्ता सामग्रीहरु विभागमा दर्ता पनि नभएको र विभागमा दर्ता भएका सोही प्रकृतिका औषधिभन्दा अत्याधिक महँगो भएकाले आर्थिक भार पर्ने र वर्षमा अर्र्बाै रकम औषधिको नाममा अनावश्यक बाहिरिएर व्यापार घाटालाई समेत प्रोत्साहन हुने विभागले जनाएको छ । 

साथै, यी बस्तुहरु गुणस्तरीय, असरयुक्त र जनसुरक्षित हुन् भन्ने पर्याप्त अभिलेख तथा आधार नरहेको र कतिपय मिश्रित सामाग्रीहरु नेपाल सरकारले राजपत्रमा प्रतिबन्ध पनि लगाएको जनाइएको छ । 

विभागको सूचनालाई अटेर गर्दै यस्ता खाद्यबस्तु तथा औषधिको पैठारी, बिक्री—वितरण, संचय तथा बिरामीलाई सिफारिस गरेको पाईएमा औषधि ऐन २०३५ बमोजिम कारवाही गर्ने पनि विभागले जनाएको छ । 
  यी हुन् त्यस्ता भिटामिन तथा खाद्य सामाग्रीका नाम 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप