शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ऋषिराजले अडिसनमार्फत ‘चुरिफुरि’ का कलाकार छान्ने

मङ्गलबार, ०५ कात्तिक २०७६, १७ : ५९
मङ्गलबार, ०५ कात्तिक २०७६

काठमाडौं– ‘सुन्तलीलाई भगाइ लग्यो झिल्केले’,‘ड्रिम गर्ल’ फिल्मका निर्देशक ऋषिराज आचार्यले नयाँ प्रोजेक्ट ‘चुरिफुरि’ सुरु गरेका छन् । जसको अहिले प्रिप्रोडक्सन कार्य भइरहेको छ । आरबी मुभिजको ब्यानरमा निर्माण हुने फिल्मको यतिबेला कलाकार छनौट कार्य भइरहेको छ । जसका लागि केही पुराना कलाकार छानिएका छन्, नयाँ अनुहारका लागि अडिसनमार्फत छान्ने तयारी भएको छ । 

कथाअनुसार फिल्ममा नयाँ कलाकार राख्नुपर्ने भएकोले अडिसनमार्फत केही कलाकार छनौट गर्न लागेको निर्देशक आचार्य बताए । आचार्यका अनुसार अडिसन यहि कात्तिकको अन्तिमसाता आयोजना हुनेछ । अडिसनमा १८ देखि २५ बर्षसम्मका कम्तिमा पनि ५ फिट ३ इन्च उचाई भएका युवायुवतीले सम्पर्क गर्न सक्नेछन् । 

अडिसनका लागि निर्देशक आचार्य, फिल्म तथा आरबी मुभिजमध्ये कुनै एकको फेसबुक पेजमा आफ्नो दुईप्रति हालसालैको फोटोसहित सम्पर्क गर्न सकिने छ । अडिसनका लागि सम्पर्कमा आएका व्यक्ति मध्येबाट फिल्मको लागि एक मुख्य हिरो र हिरोइन छानिने निर्देशक आचार्यले बताए । उनले भने, ‘छानिएका व्यक्तिलाई अभिनयका लागि आवश्यक विभिन्न प्रशिक्षणसहित फिल्ममा उतार्ने छौ ।’

आगामी फागुनबाट फ्लोरमा जाने तयारीमा रहेको फिल्मको लेखन समेत निर्देशक आचार्यले नै गरेका छन् । समसामाहिक विषयमा प्रेमकथा मिसाइको फिल्म आगामी तिजमा रिलिज गर्ने लक्ष्य निर्माण युनिटको छ ।
स्वदशै बिभिन्न रमणीय ठाउँमा छायाँकन हुने फिल्मको अहिले गीतको काम समेत भइरहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप