शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

तुलसाको राष्ट्रिय कीर्तिमान

मङ्गलबार, ०५ कात्तिक २०७६, २२ : ३६
मङ्गलबार, ०५ कात्तिक २०७६

काठमाडौं-चीनको उहानमा जारी सातौं विश्व सैनिक गृष्मकालीन खेलकुद प्रतियोगितामा नेपाली सेनाकी तुलसा खत्रीले राष्ट्रिय कीर्तिमान बनाएकी छन् । तुलसाले मंगलबार भएको ट्रयाक एन्ड फिल्ड चार सय मिटर दौडमा नयाँ किर्तिमान बनाएकी हुन् । उनले निर्धारित दुरी ५९.५७ सेकेन्डमा पूरा गरिन् ।

यसअघि उक्त किर्तिमान प्रमिला रिजालको नाममा थियो । प्रमिलाले सन् २०१० मा ५९.९० सेकेन्डको कीर्तिमान रचेकी थिइन् । तुलसाले कीर्तिमान रचेको विधामा २१ देशका खेलाडीले भाग लिएका थिए । यसैगरी महिला एक सय मिटर दौडमा सेनाकी सरस्वती चौधरीले १२.६६ सेकेन्डमा दौड पूरा गर्दै आफ्नो रेकर्डमा सुधार गरिन् ।

कार्तिक १० गतेसम्म आयोजना प्रतियोगितामा नेपालले १३ खेलमा सहभागिता जनाएको छ । नेपालले आर्चरी, ब्याडमिण्टन, बक्सिङ, घोडचडी, फेन्सिङ, जुडो, ट्रायथलन, ट्र्याक एण्ड फिल्ड, तेक्वान्दो, बिच भलिबल, कुस्ती, मोर्डन पेन्टाथलन र सुटिङ खेलमा भाग लिएको हो । इन्टरनेशनल मिलिटरी स्पोर्टस् काउन्सिलले प्रत्येक चार वर्षमा आयोजना गर्दै आएको यस प्रतियोगितामा नेपालले पहिलो पटक भाग लिएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप