भारतको क्लिन स्वीप
एजेन्सी-दक्षिण अफ्रिकाविरुद्ध तीन खेलको टेस्ट सिरिजमा भारतले क्लिन स्वीप गरेको छ । राँचीमा मंगलबार सम्पन्न तेस्रो तथा अन्तिम टेस्टमा भारतले दक्षिण अफ्रिकालाई एक इनिङ दुई सय दई रनले हराउँदै क्लिन स्वीप गरेको हो । यससँगै भारतले सिरिज ३–० ले कब्जा गर्यो । भारतविरुद्ध फलो अनमा परेको दक्षिण अफ्रिका दोस्रो इनिङमा एक सय ३३ रन जोड्दै अलआउट भएको थियो । यसअघि पहिलो इनिङमा एक सय ६२ रन जोड्दा भारतले दक्षिण अफ्रिकालाई पुनः ब्याटिङमा पठाएको थियो ।
दोस्रो इनिङमा दक्षिण अफ्रिकाको प्रदर्शन फितलो बनेको थियो । दक्षिण अफ्रिकाका लागि दोस्रो इनिङमा थुनिस डी ब्रुयनले सर्वाधिक ३० रन बनाए । जर्ज लिन्डेले २७ र डेन लोरीले २३ रन बनाए । दक्षिण अफ्रिकालाई सस्तैमा समेट्न मोहमद शामीले तीन विकेट लिए । शाहबाज नादीम र उमेश यादवले दुई दुई विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले चार सय ९७ रन बनाउँदै इनिङ समाप्तिको घोषणा गरेको थियो । भारतका लागि रोहित शर्माले दुई सय १२ रनको दोहोरो शतक बनाएका थिए । उनी प्लेयर अफ दि सिरिज घोषित भए । अजिन्का रहानेले एक सय १५ रन बनाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियसभामा तहगत अन्तरसम्बन्ध र समन्वय अध्ययन प्रतिवेदन पेस
-
एफटीएक्स घोटालामा बैंकम्यान–फ्राइडलाई २५ वर्षको जेल सजाय
-
उद्योगी व्यवसायीहरूले अर्थतन्त्र सकारात्मक छ भन्ने सन्देश दिन जरुरी छ : अध्यक्ष ढकाल
-
राष्ट्रपति पौडेलद्वारा विधेयक प्रमाणीकरण
-
ललितपुरमा मोटरसाइकल दुर्घटना हुँदा शिक्षकको मृत्यु
-
अर्बौं रकम लगानी गरेका मेडिकल कलेज सञ्चालक यसकारण २०८५ साल पर्खिन बाध्य