केन्द्रीय संस्करण

द्वन्द्वकालमा यौन हिंसापीडितको बयान : नांगै बनाएर ममाथि दुईवटा कुकुर छाडिए

person explore access_timeकात्तिक ६, २०७६ chat_bubble_outline6

‘मेरो जीउडाल मिलेको छ र म अनुहारले राम्री पनि देखिन्छु,’ वेदनाले भरिएको आवाजले हल गुन्जियो,‘तर मभित्रको पीडा अर्कै छ, त्यो देख्ने कोही छैन ।’

हल मानव अधिकारकर्मी, पत्रकार, नागरिक समाजका अगुवा र सशस्त्र द्वन्द्वका पीडितले भरिभराउ थियो । दाङको घोराहीमा सोमबार दिउँसो ‘द्वन्द्वपीडित साझा चौतारी’ले आयोजना गरेको भेलामा आफ्नो पीडा सुनाउँदै थिइन्–सशस्त्र द्वन्द्वकालमा यौं हिंसामा परेकी एक युवती । 

गोपनीयता भंग नहोस् भनेर उनी हलमा देखा परेकी थिइनन् । न त उनको पहिचान नै खुलाइएको थियो । आवाज भने सिधा हलमा सुनिने व्यवस्था मिलाइएको थियो । जसै उनी बोल्दै गइन्, हलमा सन्नाटा छाउँदै गयो । सुन्नेहरुका आँखा रसाउँदै गए । 

उनी भनिरहेकी थिइन, ‘म कोठामा बसेर बोल्नुपर्ने कारण छ । म न आकाशमा उड्न सक्छु न धर्तीमा हिंड्न । मजस्तै अरु पनि धेरै दिदीबहिनीको इज्जत लुटिएको छ । तर उनीहरु खुल्न र भन्न सकिरहेका छैनन् । म भने बोल्छु । किनभने मान्छेहले जानुन् के भएको थियो नेपालका महिलामाथि ।’

बर्दियामा जन्मेहुर्केकी यी युवती १८ वर्षकी छँदा २०५७ सालमा तत्कालिन विद्रोही माओवादीमा लागेकी थिइन । घरमा माओवादीलाई खुवाएको र सुताएको निहुँमा सेनाले उनका बुवालाई पक्राउ गरेको थियो ।
रातिराति खानतलासी गर्न आएर हैरान पारेपछि पक्राउ पर्ने डरलेउनी पनि माओवादीमा लागिन् । नाचगान गर्दै जनताको शासन ल्याउनुपर्छ भन्ने सन्देश दिने गीत गाउँदै उनी सांस्कृतिक टोलीका साथ गाउँगाउँमा हिँडिन । त्यही क्रममा २०५८ मंसिरमा एक रात सुतेकै ठाउँबाट पक्राउ परिन् । 

‘अरु साथी भाग्न भ्यए, हामी चार दिदीबहिनी फुत्किनै पाएनौं,’ उनले सुनाइन्, ‘सैनिकहरुले लछार्दै हामीलाई घरबाट निकाले । नाँच्दा लगाएको गुन्युचोलीमाथि बेरेको पटुकी च्यातेर हाम्रा आँखामा पट्टी बाँधे र पाता पर्काए ।’ त्यसपछि जे भयो, त्यो सुन्दा हल पूरै स्तब्ध थियो । 

‘ती सैनिकले हामीलाई पिट्दै र लछारपछार पार्दै घरभन्दा पर जंगल छेउको खेतमा लगेर निर्वस्त्र बनाए । अरु बहिनीहरु मभन्दा साना थिए,’ उनले रुँदै कारुणिक बयान गरिन्,‘नांगै बनाएर ममाथि दुईवटा कुकुर छाडिए । अनि मेरो इज्जत कुकुरबाट लुट्न लगाए ।’ यो समाचार आजको कान्तिपुर दैनिकमा घनश्याम खड्काले लेखेका छन् ।

कमेन्ट

  1. Oct. 25, 2019, 7:46 a.m. aalok giri
    साच्चै भन्ने हाे भने द्वन्द्व कालकाेे समयमा सबै भन्दा ठुला बलत्कारि सेनाा र प्रहरी थिए (सबैै त हाेईन तर अधिकांश थिए)
  2.  0 Reply
  3. Oct. 25, 2019, 4:49 a.m. खदक घर्ती
    जघन्ने अप्राध हो
  4.  0 Reply
  5. Oct. 24, 2019, 9:57 p.m. kale
    kukurle keti lai gareko dekhe ko xu
  6.  0 Reply
  7. Oct. 24, 2019, 5:12 p.m. Sudan kc
    Jasko sakti usaiko vakti vaneko yehi ho ! Ahile staniye Jana pratinidhi ko para ta yes to ghan uleko tyo ........kalpanaigari sadhe xaina!
  8.  0 Reply
  9. Oct. 24, 2019, 11:13 a.m. Sandhya regmi
    याेअत्यन्तै अमानवीय कल्पना गर्न नै नसक्ने घटना हाे ।कुकुरले पनि यसरी बलात्कार गर्छ भन्ने बिश्वास लागेन ।कुकुर काे ठाउमा उनै सेना पाे थिय कि !रातकाे समयमा भयर मान्छे नै कुकुर बने जस्तो लाग्याे ।बैनिकाे पीडा सुन्दा मन भक्कानियर अायाे ।यस्तो कुकर्म गर्नेलाई सजाय हुन्छ कि हुदैन सरकार ???दन्द्व कालका घटना भनेर यसलाई सहज रुपमा हेर्नु प्रयास नहाेस् ।दाेषी कार्वाही हुनुपर्छ ।नेपाली महिला माथि भयकाे याे घटना सुन्दा संसार कै महिलाकाे अपमान भयकाे महसुस भयकाे छ ।राक्षस र राक्षसी प्रवृतिकाे अन्य हुन अब महिला अाफै तरवार लियर उठ्नु पर्ने दिन अाउदैछ ।किनकि महिला देवि महाकालीकाे रुप हाे।
  10.  0 Reply
  11. Oct. 24, 2019, 9:22 a.m. टेक बहादुर रावल
    सुन्दा मन नि भासियर आयो।हुन पनि कति सम्म को कुरा।युद्द काल मा मान्छे को मन कति स्म्म सायद द्न्द नसकिय को भय।हजारमात्र मा हाम्रा छोरी चेली आमा को के हाल हुन्थ्यो होला।।।
  12.  0 Reply

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...