बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

एमबाप्पेको ह्याट्रिकसँगै पीएसजीको सानदार जित

बुधबार, ०६ कात्तिक २०७६, ०८ : १४
बुधबार, ०६ कात्तिक २०७६

युवा स्ट्राईकर केलियन एमबाप्पेले ह्याट्रिक पूरा गरेपछि फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) ले युइएफए च्याम्पियन्स लिग छनोटमा सानदार जित निकालेको छ ।

समूह ‘ए’ अन्तर्गत मंगलबार राति भएको खेलमा पीएसजीले बेल्जियन क्लब बर्गलाई उसकै मैदानमा ५–० गोलले हरायो । पीएसजीको फराकिलो जितमा एमबाप्पेले ह्याट्रिक गरे । मोउरो इकार्डीले दुई गोल गरेका थिए । खेलको सातौं मिनेटमा इकार्डीले एन्जल डी मारियाको पासमा गोलगर्दै पीएसजीलाई अगाडी बढाए ।

६१औं मिनेटमा एमबाप्पेले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । ६३औं मिनेटमा इकार्डीले एमबाप्पेको पासमा व्यक्तिगत दोस्रो गोल गरे । ७९औं मिनेटमा एमबाप्पेले डि मारियाको पासमा एमबाप्पेले व्यक्तिग दोस्रो तथ ८३औं मिनेटमा डि मारियाकै पासमा अर्को गोल थप्दै एमबाप्पेले ह्याट्रिक पूरा पूरा गरे ।

समूह ‘ए’ मा अपराजित रहेको पीएसजीले तीन खेलबाट नौ अंक बनाएको छ । दुई अंक बनाएको क्लब बर्ग तेस्रो स्थानमा छ । यही समूहको अर्को खेलमा रियल म्याड्रिडले गालाटासारेलाई १–० गोलले हराएको छ । गालाटासारेको मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा रियलका लागि टोनी क्रुजले १८औं मिनेटमा गोल गरे । क्रुजले इडेन हाजार्डको पासमा गोल गरेका थिए । जितसँगै चार खेल बनाएको रियलल दोस्रो स्थानमा छ । एक अंकमा सिमित गालाटासारे समूहको अन्तिममा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप