शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

युभेन्ट्स र एट्लेटिको विजयी

बुधबार, ०६ कात्तिक २०७६, ०८ : ३८
बुधबार, ०६ कात्तिक २०७६

इटालियन महारथि युभेन्ट्स र स्पेनिस जाइन्ट किलर एट्लेटिको म्याड्रिडले युइएफए च्याम्पियन्स लिग फुटबलमा रोचक जित निकालेका छन् । समूह ‘डी’ अन्तर्गत मंगलबार राति घरेलु मैदानमा युभेन्ट्सले रसियन क्लब लोकोमोटिभ मस्कोलाई २–१ गोलले हरायो । अर्को खेलमा एट्लेटिकोले जर्मन क्लब बायर लिभरपुसेनलाई १–० गोलले पराजित गर्यो ।

प्रतिस्पर्धात्मक खेलमा युभेन्ट्सले पूनरागमन जित निकालेको हो । खेलमा सुरुवाती अग्रता एट्लेटिकोले लिएको थियो । ३०औं मिनेटमा एलेक्से मिरनचुकले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाए । त्यसपछि युभेन्ट्सलाई गोल फर्काउन दोस्रो हाफसम्म कुर्नु परेको थियो । दोस्रो हाफमा पाउलो डिवालाले दुई मिनेटको अन्तरमा दुई गोल गर्दै टोलीलाई जिताए । डिवालाले ७७औं र ७९औं मिनेटमा गोल गरेका थिए ।

यसैगरी एट्लेटिकोको जितमा अल्भारो मोराटाले ७८औं मिनेटमा गोल गरेका थिए । यस समूहमा जितसँगै युभेन्ट्स र एट्लेटिकोले तीन खेलबाट समान सात अंक बनाएका छन् । एट्लेटिको पहिलो र युभेन्ट्स दोस्रो स्थानमा छ । तीन अंक बनाएको मस्को तेस्रो र अंकविहिन लिभरकुसेन अन्तिममा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप