हायात होटल स्टाइलमा यसरी बनाउनुहोस् ग्रानोला लाल मोहन एप्पल चकलेट सेल
दसैँ–तिहार साथीभाइको जमघट, रमाइलो अनि खानपिनको चाड हो । दसैँमा मासुका विभिन्न परिकार पाक्छन् भने तिहारमा मिठाइ, सेलरोटीलगायतका विभिन्न शाकाहारी भोजन तयार पारिन्छ । दसैँ तिहारमा टाढा रहेका आफन्तहरु पनि भेटघाट हुने भएकाले कतिले नयाँ खानेकुरा बनाएर खाने र खुवाउने जमर्को गर्छन् । खानाका पारखीलाई लक्षित गर्दै हायात होटलका पेस्ट्री सेफ दिपक श्रेष्ठले ग्रानोला लाल मोहन एप्पल चकलेट सेल तयार पार्ने विधि सिकाएका छन् । यसलाई हामी आफैंले घरमा बनाउन सक्छौं ।
डिशः ग्रानोला लाल मोहन एप्पल चकलेट सेल
दिपक श्रेष्ठ, पेस्ट्री सेफ
हायात रिजेन्सी, काठमाडौं
चाहिने सामग्रीः
स्याउ सय ग्राम
ब्लूबेरी २५ ग्राम
चिनी १० ग्राम
पानी ५० मि।ली
कर्न फ्लोर ३० ग्राम
ग्रानोला ५० ग्राम
लाल मोहन ५० ग्राम
पुदिनाः १ मुठ्ठी
क्रिमः २० ग्राम
चकलेट सेलः १ वटा
अरेन्ज तुलीका लागिः
सुन्तलाको जुस ४० मि.ली
पिठो ५ ग्राम
तेल १० मि.ली
बनाउने विधि:
१. स्याउको बोक्रा ताछ्नुहोस् र डाइस पिसमा काट्नुहोस् । प्यान तताउनुहोस् र त्यसमा ब्रान्डी हाल्नुहोस् । त्यसलगत्तै, स्याउ, पानी र चिनी हाल्नुहोस् । उम्लिएपछि कर्न फ्लोर हाल्नुहोस् र राम्रोसँग चलाउनुहोस् । हल्का बाक्लो भएपछि ग्यास बन्द गर्नुहोस् र चिसो हुन दिनुहोस् ।
२. अरेन्ज तुलीका लागिः सबै सामग्री राम्रोसँग चलाएर मिक्स गर्नुहोस् । प्यान तताउनुहोस र थोरै तेल हाल्नुहोस् । त्यसपछि सबै सामग्री राखिएको तुलीको मिश्रण हाल्नुहोस् र बबल नआएसम्म पकाइरहनुहोस् । प्यानबाट निकाल्नुहोस् ।
३. चकलेटको पातलो पत्रले बनेको सेललाई प्लेटमा राख्नुहोस् । सुरुमा ग्रानोला हाल्नुहोस् । त्यसपछि साना लालम मोहन हाल्नुहोस्, त्यसपछि एप्पल ब्लूबेरीयुक्त मिश्रण हाल्नुहोस् । त्यसपछि सबैभन्दा माथि क्रिम क्विने, ओरेन्ज तुली, पुदिना हाल्नुहोस् । र सस हालेर सर्भ गर्नुहोस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शैलेन्द्रको साथले बागमती सरकार जोगियो, अन्य प्रदेशमा कस्तो असर गर्ला ?
-
बागमती प्रदेशसभा बैठक १९ गते बस्ने
-
जलवायु परिवर्तनको असर सबैभन्दा बढी जलस्रोतमा परेको छ : मन्त्री बस्नेत
-
कुन दलले पाउँछ राष्ट्रियसभा उपाध्यक्ष, कहिले हुन्छ चुनाव ?
-
महतले अघि बढाएका राम्रा काम रोक्दिन : अर्थमन्त्री पुन
-
नेपाललाई हिन्दु राष्ट्र बनाउन भारतले षड्यन्त्र गरेको छैन : अध्यक्ष माधव