शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘सूर्य इन्टरनेशनल अवार्ड’ १२ विधामा बाँडिने

बुधबार, ०६ कात्तिक २०७६, १४ : २९
बुधबार, ०६ कात्तिक २०७६

काठमाडौं– जापानको टोकियोमा आगामी नोभेम्बर २४ मा आयोजना हुने नेपाली फिल्म अवार्ड ‘सूर्य इन्टरनेशनल अवार्ड २०१९’ को टप ३ सार्वजनिक गरिएको छ । एपीएफको मुख्यालय हलचोकमा आयोजित एक कार्यक्रममा टप ३ भित्र पर्न सफल कलाकार तथा श्रृजनालाई प्रमाणपत्र दिइएको थियो । 

एपीएफ प्रमुख शैलेन्द्र खनाल, चलचित्र विकास बोर्ड अध्यक्ष केशव भट्टराई, निर्माता संघका वरिष्ठ उपाध्यक्ष माधव वाग्ले कलाकार श्वेता खड्का, भुवन केसी, किरण केसी, सरिता लामिछाने, निर्देशक ऋषि लामिछाने, निर्देशक दीपेन्द्र लामा लगायतको कार्यक्रममा उपस्थिति रहेको थियो । 

पन्ध्र सय सिट क्षमता रहेको टोकियो नाकानो जिरो हलमा आयोजना हुने अवार्डमा फिल्म  र गगीतसंगीत गरेर १२ विधामा कलाकर्मीलाई अवार्ड प्रदान गरिनेछ । नेपालबाट ५० बढी सेलिब्रेटी तथा मिडियाकर्मी सहभागी हुने आयोजकले जानकारी दियो । 

अवार्ड समारोहमा यात्रा तय गरेका फिल्मकर्मी नीर शाहलाई लाइफटाइम एचिभमेन्ट अवार्ड, एक दशक लामो यात्रा तय गरेका फिल्मकर्मी सम्मान, एक पत्रकारलाई फिल्म पत्रकारिता सम्मान पनि प्रदान गरिनेछ । समारोहमा क्रिटिक्सको नजरमा उत्कृष्ट भएका निर्देशक, अभिनेता र अभिनेत्री पनि सम्मानित हुनेछन् । 

यस्तो छ अवार्डको टप थ्री नोमिनिज सूचि

फिल्म विधा
१.फिल्म 
प्रसाद (सुभाष थापा फिल्म प्रोडक्सन) 
छक्का पञ्जा (आमा सरस्वति मुभिज) 
ए मेरो हजुर ३ (सुहाना इन्टरटेनमेन्ट)
२.निर्देशक 
मिलन चाम्स (बोबी)
झरना थापा (ए मेरो हजुर ३) 
दीपा श्री निरौला (छक्का पञ्जा ३) 
३.अभिनेता 
विपिन कार्की (प्रसाद) 
अनमोल केसी (क्याप्टेन ) 
प्रदीप खड्का (लभ स्टेसन ) 
४.अभिनेत्री 
नम्रता श्रेष्ठ (प्रसाद)
साम्राज्ञी आरएल शाह (काइरा) 
पुजा शर्मा (रामकहानी)
५.सहअभिनेता 
केदार घिमिरे (छक्कापञ्जा ३ )
सलोन बस्नेत (यात्रा)
बुद्धि तामाङ्ग (जयभोले) 
६.सहअभिनेत्री 
बर्षा राउत (गोपी)
सन्ध्या केसी (पण्डित बाजेको लौरी) 
निरुता सिंह (नाई नभन्नु ल–५)
म्युजिक 
१.पप गायक 
कमल खत्री (तिम्रो मायाले)
सञ्जिव पराजुली (कर्के नजर)
दीपक बज्राचार्य (मन मगन)
२.पप गायिका 
१.टिका प्रसाई (कर्के नजर )
२.इन्दिरा जोशी (रेलिमाई )
३.त्रिशाला गुरुङ (यो मन )
३.आधुनिक गायक 
हेमन्त शर्मा (बरिखा) 
युवराज चौलागाई (लट्टर पट्टर) 
राजेश पायल राइ (दर्शन नमस्ते–४)
४.आधुनिक गायिका 
मेलिना राई (पिरिम नलाउने)
अन्जु पन्त (नरुनु है) 
प्रविशा अधिकारी (तिमी बिना) 
५.लोक गायक 
१.कुलेन्द्र बिक (सालको पात)
२.खुमन अधिकारी (१४ अञ्चल ससुराल )
३.पशुपति शर्मा (गाह्रो हुन्छ फेरि)
६.लोक गायिका 
१.सम्झना लामिछाने मगर (आउन माया नाचिदेउ)
२.मन्जु पौडेल (गाह्रो हुन्छ फेरि)
३.बिष्णु माझी (सालको पात )


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप