बिएसआर मुभिजको पहिलो शाखा बागलुङमा, अत्याधुनिक दुई सिनेमा हल संचालनमा
बागलुङ– गोंगबुस्थित बीजी मलमा रहेको बीएसआर मुभिजको पहिलो शाखा बागलुङमा सञ्चालनमा आएको छ । बीएसआर ग्रुपको लगानीमा बागलुङ बजारमा अत्याधुनिक सुविधा सहितको मल्टिप्लेक्स सञ्चालनमा आएको हो ।
बीएसआएर मुभिज बागलुङको बुधबार बरिष्ठ कलाकार नीर शाहले उद्घाटन गरे । पहिलाको पूजा चलचित्र मन्दिरलाई भत्काएर बीएसआर गु्रपले धवलागिरी क्षेत्रकै पहिलो अत्याधुनिक सुविधा सम्पन्न चार सय २६ सिट क्षमताको सिनेमा हल सञ्चालनमा आएको हो ।
बिहीबारबाट व्यवसायिक रुपमा सञ्चालनमा आउने दुईवटा हलहरु मध्ये औडी–१ मा २०० र औडी–२ मा २२६ सिट क्षमता छ । थ्रिडी प्रविधिसहित सुरु भएको बीएसआर सिनेमामा चलचित्र हेर्ने दर्शकलाई चलचित्रमा भैरहेका सबै कृयाकलाप वास्तविक जस्तै महसुस गराउने छ ।
अत्याधुनिक साउण्ड सिष्टममा दर्शकले पर्दामा जुन दिशामा जस्तो वस्तु देखिन्छ सोही दिशाबाट आवाज आएको महसुस गर्न सक्ने् कम्पनीको भनाई छ ।
एसी, डिजिटल सराउण्डिङ साउण्ड सिष्टम, लक्जरी सिटले बागलुङ र आसपास क्षेत्रका दर्शकलाई नयाँ अनुभव दिने बीएसआर मुभिजका निर्देशक राजु गिरीले बताए ।
दर्शकले मुभिजको वेबसाइट बीएसआरमुभिज डटकम (www.bsrmovies.com) तथा टेलिफोनबाट सिनेमाको सीट बुकिङ्ग गर्न सक्नेछन् । मल्टिप्लेक्सभित्र कफी शप तथा रेष्टुरेन्ट पनि सञ्चालनमा छन् ।
अन्तर्राष्ट्यि जगतमा प्रचलनमा रहेको पछिल्लो प्रविधि डल्बी अटमस साउण्ड सिष्टम नेपालमा भित्र्याउँदै बीएसआरले दुई वटा अत्याधुनिक सिनेमा हल काठमाडौँको बिजी मलमा विसं २०७३ देखि सञ्चालन गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको बहिस्कारबिच गण्डकी प्रदेशसभा बैठक बस्ने
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन बरामद
-
घाँटीमा समस्या देखिएपछि केपी ओलीको सुटिङ रोकियो
-
सेमिफाइनलमा निराशाजनक प्रदर्शन गर्दै उपाधि होडबाट बाहिरियो नेपाल
-
सुप्रिम सहकारी ठगी प्रकरणमा ६ जनासँग धरौटी माग
-
दीपेश पुनलाई ४ लाख धरौटीमा रिहा गर्न आदेश