शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सामसङको प्रिमियम क्यामरा फिचर अब नयाँ मिड–रेन्ज ग्यालेक्सी A30s मा

बुधबार, ०६ कात्तिक २०७६, १६ : ५०
बुधबार, ०६ कात्तिक २०७६

काठमाडौं– नेपालको सबैभन्दा ठूलो कन्ज्यूमर इलेक्ट्रोनिक्स एवं स्मार्टफोन ब्राण्ड सामसङले हालै नयाँ डिजाइनको साथ ग्यालेक्सी ए३०एस प्रस्तुत गरेको छ । 

नयाँ ग्योलेक्सी ए३०एसमा धेरै नवीनतम एवं आकर्षक विशेषताहरु विद्यमान गरी नयाँ पुस्ताहरुको आवश्यकतालाई समेट्दै उनीहरुको लागि तयार गरिएको छ । 

“प्रविधीमा अग्रणी भएका नाताले हामी उपभोक्ताहरु माझ सार्थक इनोभेसन प्रदान गर्नको लागि सदैव समर्पित छौं । ग्यालेक्सी ए३०एसले युवा मिलेनियल्सहरुको लागि स्मार्टफोनको अनुभव अझै उत्कृष्ट तरिकाबाट प्रदान गर्न यो  फोनको डिजाइन गरिएको छ”, सामसङ इलेक्ट्रोनिक्स नेपालका मोबाइल डिभिजन प्रमुख प्रणय रत्न स्थापितले भने ।
 

ग्यालेक्सी ए३०एसमा ट्रिपल रियर क्यामरा–२५ मेगापिक्सलको मुख्य क्यामरा तथा ८ मेगापिक्सलको अल्ट्रावाइड क्यामरा तथा ५ मेगापिक्सलको नयाँ डेप्थ क्यामरा रहेका छन् । यसमा ४००० एमएएच को शक्तिशाली व्याट्री तथा १५ वाटको फास्ट चार्जिङ्ग प्रविधि रहेको छ । यस स्मार्टफोन अन द गो रहन चाहने ग्राहकहरुका लागि तयरा गरिएको हो ।

यसमा ६.४ इन्चको एचडी प्लस सुपर एमोलेड इन्फिनिटी भी डिस्प्ले रहेको छ, जसले गेमिङ्ग, भिडियो हेर्न, मल्टि–टास्किङ्ग एवं ब्राउजिङ्गको लागि सर्वोत्तम एवं रोचक अनुभव प्रदान गर्दछ ।

ग्यालेक्सी ए३०एसमा एआई पावर्ड गेम वुस्टर प्रविधि एवं नक्स सेक्योरिटि रहेको छ । डिजाइनमा कुनै सम्झौता नगरी तयार गरिएको छ । प्रयोगकर्ताहरुलाई अझै बढी सुरक्षा प्रदान गर्न अन स्क्रिन फिङ्गरप्रिन्ट स्क्यानर राखिएको छ । यो फोन ४ जीबीर१२८ जीबी मेमोरी का साथ उपलब्ध रहेको छ ।

मूल्य 

ग्यालेक्सी ए३०एस ४ जीबी र १२८ जीबीयुक्त सेटको खरिद मूल्य ३१ हजार ८ सय ९० रहेको छ । यो फोन तिन आकर्षक रंगहरु प्रिजम क्रश व्ल्याक, प्रिजम क्रश ह्वाइट तथा प्रिजम क्रश भायलेटमा
उपलब्ध रहेको छ ।  यो फोन कार्तिक  ३  गते देखि नेपाल अधिराज्यभर रहेका सामसङका आधिकारिक आउटलेटहरुमा उपलब्ध रहेको छ  ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप