शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भक्तपुरमा बोत्तलको पानीमा लेदो भेटियो

बुधबार, ०६ कात्तिक २०७६, १७ : ५७
बुधबार, ०६ कात्तिक २०७६

भक्तपुर– बजार अनुगमनको क्रममा भक्तपुरमा पानीको बोत्तलभित्र हरियो लेदो भेटिएको छ । बुधबार चाँगुनारायण नगरपालिकाले वडा नम्बर २, दुवाकोटमा गरेको अनुगमनको क्रममा कृस्टल नामको पानीको बोत्तलमा लेदो भेटिएको हो ।  

दुवाकोटको बस्ताकोटी मोडमा रहेको सुगम बेकरी एन्ड डेरीले बिक्रीका लागि राखिएको ८ बोत्तलको पानी पहेँलो र पिधमा लेदो देखिएको नगरपालिकाकि उपप्रमुख बिना बास्तोलाले जानकारी दिइन् ।

उत्पादन गरेको एक महिना मात्रै भएको उक्त ब्रान्डको पानी पिउनुको लागि खराब भएको भन्दै अनुगमन टोलीले जफत गरेको बास्तोलाले बताइन् ।

चाडपर्व नजिकैसँगै स्थानीय सरकारले बजार अनुगमन तिब्र बनाएउने गरेपनि त्यसलाई नियमित भने गर्न सकेको देखिदैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप