नेपाललाई ‘फ्यूचर पोलिसी सिल्भर अवार्ड’ प्रदान
काठमाडौं– नेपालले अन्तर्राष्ट्रिय स्तरको ‘फ्यूचर पोलिसी सिल्भर अवार्ड’ प्राप्त गरेको छ । वल्र्ड फ्यूचर काउन्सिल र संयुक्त राष्ट्रसंघीय विकास नियोगसँगको सहकार्यमा नेपालको संविधानले शान्तिपूर्ण रुपमा द्धन्द्ध व्यवस्थापन तथा युवा सहभागिता र अधिकारबारे हासिल गरेको सफलताको पहिचान गरी नेपाललाई सो अन्तर्राष्ट्रिय अवार्ड प्रदान गरिएको हो ।
सर्बियामा आयोजित वल्र्ड फ्यूचर काउन्सिलको १४१ औं सम्मेलनका क्रममा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना नेपालले प्राप्त गरेको सो अवार्ड प्रदान गरिएको थियो । सोही अवार्ड बुधबार अध्यक्ष तिमिल्सिनाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक समारोहकाबीच हस्तान्तरण गरे । कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले विश्वस्तरको सो अवार्ड शान्ति, समावेशिता र विकास नीतिमा नेपालले लिएको सही बाटोको सम्मान भएको उल्लेख गर्दै सम्पूर्ण नेपाली जनतालाई बधाई दिए । उनले नेपालको संविधानले शान्ति, समानता र विकासको क्षेत्रमा लिएको भविष्यसम्बन्धि सही नीतिको सम्मानको रुपमा आफूले सो अवार्डलाई लिएको पनि स्पष्ट पारे ।
प्रधानमन्त्री ओलीले नेपाली जनताले प्राप्त गरेको सफलताको सम्मानको रुपमा सो अवार्ड प्राप्त भएको उल्लेख गर्दै नेपाली जनताले शान्ति, समानता र विकासका लागि गरेका संघर्षको प्रतिफलको रुपमा सो अवार्ड हात पार्न सफल भएको पनि बताए । नेपालको संविधानले द्धन्द्ध व्यवस्थापन, युवा सहभागिता र अधिकारबारे प्राप्त गरेको सफलताको सम्मान गर्दै नेपाललाई वल्र्ड फ्यूचर काउन्सिलले सो विश्व स्तरको अवार्ड प्रदान गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्तमान गठबन्धन रहने नरहने ओलीमा भर पर्छ : मातृका यादव
-
नेपालबाट १ अर्ब ७३ करोडको जडीबुटी निर्यात, यार्सागुम्बा बेचेरै ६२ करोड भित्रियो
-
हाम्रो कृषि विकासको बाटो कुन ?
-
पेन्सन स्किमको मुद्दामा हाम्रो ऐक्यबद्धता छ : महासचिव राई
-
ट्रयाक्टरले किचेर एकको मृत्यु
-
आर्थिक वृद्धिको गति बढाउने गरी योजना बनाउन आवश्यक: मन्त्री अर्याल