शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सरकारको कामबाट उत्साही हुनुपर्ने अवस्था छैन : गगन थापा

बुधबार, ०६ कात्तिक २०७६, १८ : ४२
बुधबार, ०६ कात्तिक २०७६

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका युवा नेता गगनकुमार थापाले सरकारको कामबाट उत्साही हुनुपर्ने अवस्था नरहेको बताएका छन् ।

पूर्वमन्त्री समेत रहेका काँग्रेस नेता थापाले अर्थमन्त्री डा.युवराज खतिवडाका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कामलाई गति दिन नसकेको दावी पनि गरे ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपालको इतिहासमै बलियो सरकार बनेपनि त्यसले बैज्ञानिक ढंगले काम गर्न नसकेको पनि बताए ।

काँग्रेस नेता थापाले अर्थमन्त्री खतिवडाले अर्थमन्त्रीको जस्तो नभई नेपाल राष्ट्र बैंकको गभर्नरको रुपमा प्रस्तुत भएकाले मुलुकको आर्थिक विकासको गति सहज ढंगले अघि बढन नसकेको पनि बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप