शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नर्भिक इन्स्टिच्युट अफ नर्सिङ एजुकेशन र थाइल्याण्डको माहिडोल विश्वविद्यालयबीच सम्झौता

बुधबार, ०६ कात्तिक २०७६, १८ : ४३
बुधबार, ०६ कात्तिक २०७६

बैङ्कक– राष्ट्रिय अवसरहरुलाई विस्तार तथा साँस्कृतिक सम्बन्धलाई मजबुत बनाउँदै विद्यार्थी तथा संकायहरुबीच सहयोग आदान–प्रदान गर्ने उद्देश्यले नेपालको नर्भिक इन्स्टिच्युट अफ नर्सिङ एजुकेशन र थाइल्याण्डको माहिडोल विश्वविद्यालयबीच रणनीतिक साझेदारी तथा प्राज्ञिक सहयोग आदान–प्रदान सम्बन्धी एक समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

समझदारीपत्रमा नर्भिक इन्स्टीच्युट अफ नर्सिङ एजुकेशनका तर्फबाट कार्यकारी निर्देशक पारस शाक्य र माहिडोल विश्वविद्यालयका प्रेसिडन्ट वाञ्चोङ्ग माहासायारिया ले हस्ताक्षर गरे ।

दुई संस्थाबीच भाईचाराको अभिवृद्धि गर्ने, पाठ्यक्रम विकास, अनुसन्धान लगायतका अन्य शैक्षिक गतिविधिहरुमा सहयोग आदान प्रदान गर्ने, शैक्षिक ज्ञान तथा स्रोत साधन आदान–प्रदान गर्ने, आपसी सहकार्यमा शैक्षिक कार्यक्रमहरुको विकास गर्ने, आपसी सहकार्यमा कार्यशाला गोष्ठी, सेमिनार, सभा सम्मेलनको आयोजना गर्ने तथा थप सहकार्यका अन्य सम्भावनाहरुको खोजी गर्ने समझदारीपत्रमा उल्लेख छ ।

यो सम्झौता सहकार्यका क्षेत्रहरुहरुको खोजी गरी छलफल र आपसी समन्वयका माध्यमबाट अघि बढ्न प्रेरित गर्ने उद्देश्यका निमित्त पर्याप्त रहेको उल्लेख गरिएको छ । उपरोक्त समझदारी आगामी ५ बर्षसम्म कायम रहने, समझदारी पत्रमा उल्लेखित बुँदाहरु आपसी सहमतिमा कार्यान्वयन गर्दै लगिने समेत जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप