शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

साडकको सातौं अन्तर्राष्ट्रिय सम्मेलन पोखरामा हुँदै

बुधबार, ०६ कात्तिक २०७६, १९ : ०५
बुधबार, ०६ कात्तिक २०७६

ललितपुर– सस्टेनेवल एनिमल एग्रिकल्चर फर डेभलपिङ कन्ट्रिज (साडक)को सातौं अन्तराष्ट्रिय सम्मेलन साडक २०१९ पोखरामा हुने भएको छ । एशोसिएसनले २०७६ साल कार्तिक २२ देखि २५ गतेसम्म सुन्दर पर्यटकीय नगरी पोखराको  होटल पोखरा ग्राण्ड, पार्दि मा हुने भएको छ ।

यस सम्मेलनको मूल नारा "Eco-friendly Animal Production for Profitable Smallholder Farming" रहेकोछ। SAADC को यस अघिका सम्मेलनहरु चीन, मलेसिया, थाइल्याण र इण्डोनेसियामा सम्पन्न भएका थिए।

यस सातौं अन्तराष्ट्रिय सम्मेलनमा मुख्यगरी साना र मध्यम स्तरका कृषकहरुलाई लक्षित गरी पर्यावरणमैत्री दिगो पशुपालनकालागि पशु चिकित्सा, पशु स्वास्थ्य, पशु पोषण र घांसे बालीहरु, चरन व्यवस्थापन, पशु प्रजनन, मत्स्य पालन, हिमाली क्षेत्रमा पालिने याकको संरक्षण र व्यवस्थापन लगायतका क्षेत्रहरुमा भएका अनुसन्धानहरुको प्रस्तुति तथा छलफल हुनेछ। 

साथै जलवायु परिवर्तनले विकासशील राष्ट्रका साना किसानहरुलाई पारेको असर र त्यसलाई न्यूनिकरण गर्न गरिने उपायहरु माथि समेत छलफल हुनेछ। 

यस सम्मेलनको मुख्य सहआयोजकहरुको रुपमा नेपाल सरकार,  पशु सेवा विभाग र प्रदेश सरकार, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, गण्डकी प्रदेश रहेका छन्। त्यसैगरी अन्य सहआयोजकहरुमा हिफर इन्टरनेशनल नेपाल, इसिमोड, नेपाल पशु चिकित्सा परिषद्, नेपाल एनिमल साइन्स एशोसिएसन, नेपाल मत्स्य समिति, युनिभर्सिटि पुत्रा मलेशिया, सुरानारी युनिभर्सिटि अफ टेक्नोलोजी, थाइल्याण्ड रहेका छन् भने यस सम्मेलनको प्रवर्धकको रुपमा नेपाल पर्यटन वोर्डको प्रदेशिक कार्यालय, पोखरा रहेको छ।

यस सम्मेलनमा ४ महादेशका २४ देशहरुवाट करिव ४०० जना पशु चिकित्सा, पशु विज्ञान र मत्स्य क्षेत्रमा संलग्न वैज्ञानिकहरु, प्राध्यापन पेशामा संलग्न जनशक्तिहरु, अनुसन्धानकर्ताहरु, प्रसार कार्यमा संलग्न जनशक्तिहरु, उद्यमी, कृषकहरु तथा विद्यार्थीहरुको सहभागीता हुने छ।

हालसम्म सहभागीता एकिन भएका देशहरुमा नेपाल, भारत, पाकिस्तान, भुटान, अफगानिस्तान, चीन, थाइल्याण्ड, मलेसिया, इण्डोनेशिया, भियतनाम, सिंगापुर, जापान, ताइवान, ओमान, इजरायल, दक्षिण अफ्रिका, नाइजेरिया, अष्ट्रेलिया, न्यूजिल्याण्ड, संयुक्त राज्य अमेरिका, क्यानाडा, फ्रान्स, चेक रिपब्लिक र स्पेन रहेका छन्। कुल सहभागी संख्याको करिव ५० प्रतिशत अन्तराष्ट्रिय सहभागीहरु हुने अनुमान गरिएको छ।

यस सम्मेलनमा प्रमुख वक्ताहरुको रुपमा Charles Sturt University, Australia का प्राध्यापक Dr. Peter Wynn र Heifer International, Arkansas, USA का Senior Vice President, Dr. Mahendra Nath Lohani रहने छन् ।

त्यसैगरी १२ जना अन्तराष्ट्रिय वक्ताहरु र १० जना स्वदेशी वक्ताहरु गरी जम्मा २२ जना आमन्त्रित वक्ताहरु रहनुहुनेछ। यसका अलवा ९५ वटा विदेशी वैज्ञानिकहरुका र ६२ वटा नेपाली वैज्ञानिकका गरी कुल १५७ वटा वैज्ञानिक कार्यपत्रहरु प्रस्तुत हुनेछन्। जसमध्ये ७४ वटा मौखिक प्रस्तुतीकरण रहनेछन् भने बांकी ८५ वटा पोष्टर प्रस्तुतीकरण रहने छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप