केन्द्रीय संस्करण

चावहिलमा घर भत्काउँदा घाइते भएका तामाङको मृत्यु

person explore access_timeकात्तिक ६, २०७६ chat_bubble_outline0

काठमाडौं – चाबहिलमा मूल सडक छेउमा रहेको पुरानो घर भत्काउने क्रममा घाइते भएका एक जनाको मृत्यु भएको छ । उपचारका क्रममा मित्रपार्कको दीर्घायु गुरु अस्पतामा दीपक तामाङ मृत्यु भएको प्रहरी वृत्त गौशालाका डिएसपी प्रदीप कुमार सिंहले जानकारी दिए। 

बुधबार दिउँसो पुरानो घरलाई भत्काउने क्रममा  तामाङ घाइते भएका थिए। घर भत्किँदा घाइते भएका रामबहादुर कुँवर र नजिकैको खाजा घरमा काम गर्ने जीवन मगरको अवस्था भने सामान्य रहेको  सिंहले बताए ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.