नेपालद्वारा उत्तरकोरिया पराजित
चीन-सातौँ विश्व सैनिक खेलकूद प्रतियोगिताअन्तर्गत आज भएको ब्याड्मिन्टनतर्फ पहिलो चरणको खेलमा नेपालले उत्तरकोरिया र लक्जेम्बर्गलाई पराजित गरेको छ । पहिलो चरणका पुरुषतर्फको एकल खेलमा नेपालका रत्नजीत तामाङले लक्जेम्बर्गका रोबर्ट म्यानलाई २१–१६ र २१–१५ को सोझो सेटमा हराएका छन् ।
त्यस्तै पुरुषतर्फ डबलमा रत्नजीत तामाङ र नवीन श्रेष्ठले जोडीले उत्तर कोरियाका खेलाडी चुङइल किम र होे चोल युलाई हराएका हुन् । तामाङ र श्रेष्ठले २१–१८, १९–२१, २१–१९ को सेटले कोरियाका खेलाडीलाई पराजित गरेका हुन् । मिक्स डबलमा भने थाइल्याण्डसँग नेपाल पराजित भएको छ ।
आजै भएको ८०० मिटरको दौडमा पनि नेपालका सोमबहादुर कुमालले आशा गरेअनुरुपको नतिजा ल्याउन सकेनन् । इन्टरनेशल मिलिटरी स्पोर्टस् काउन्सिल (सिआइएसएम) ले प्रत्येक चार वर्षमा गर्ने ल्याउन सकेनन् । इन्टरनेशनल मिलिटरी स्पोर्टस् काउन्सिल (सिआइएसएम) ले प्रत्येक चार वर्षमा गर्ने यो प्रतियोगितामा नेपाली सेनाले पहिलोपटक भाग लिएको हो ।
उक्त प्रतियोगितामा नेपालले आर्चरी, ब्याडमिन्टन, बक्सिङ, घोडचढी, फेन्सिङ, जुडो, ट्रायथलन, ट्याक एण्ड फिल्ड, तेक्वान्दो, बिच भलिबल, कुस्ती, मोर्डन पेन्टाथलन र सुटिङमा भाग लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै