शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

थाइल्याण्डका राजाले अन्य ६ वरिष्ठ शाही अधिकारीलाई निकाले

बिहीबार, ०७ कात्तिक २०७६, ११ : ०३
बिहीबार, ०७ कात्तिक २०७६

थाइल्याण्डका राजा महा वाचिरालङ्कनले राजदरबारका ६ अधिकारीलाई ‘अत्यन्त दुष्ट’ कृत्य गरेको भन्दै निकालेको छ । राजदरबारले बुधबार एक वक्तव्य जारी गर्दै यसबारे जानकारी दिएको हो । थाई राजाले यो निर्णय आफ्नो शाही सहयोगी महिला अधिकारीको शाही उपाधि खोसेको केही दिनपछि गरेका हुन् ।

पदच्युत भएका ६ जनामध्ये एक वरिष्ठ महिला पुलिस अधिकारी, दुई सुरक्षागार्ड हुन् । एफपीको रिपोर्ट अनुसार बेडरुम गार्ड सर्भिसकी एक नर्स र भेटेनरियनलाई पनि निष्कासन गरिएको छ ।

आधिकारिक शाही ग्याजेटमा प्रकाशित दुई भिन्न घोषणामा यी ६ जनाले अनुशासन तोडेको र उनीहरुको व्यवहारले शाही काम कारवाहीमा हानी पुगेका कारण उनीहरुलाई प्रदान गरिएको सबै पदवी खोसिएको जानकारी दिएको छ ।


 ‘राजाले उनीहरुलाई शाही सेवाबाट निष्कान गर्न निर्देशन दिएका छन् । किनभने उनीहरुले अनुशासन तोडेर जुन व्यवहार गरे त्यो अत्यधिक क्रुर छ,’ एक घोषणाले बताएको छ ।

उक्त ग्याजेटले भनेको छ, ‘उनीहरुले आफ्नो स्वार्थ पूरा गर्नका लागि पदको दुरुपयोग गरे ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप