शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विप्लवलाई सरकारका प्रवक्ताको जवाफ : सरकार छद्मभेषी कुराको पछि लाग्दैन

बिहीबार, ०७ कात्तिक २०७६, १७ : २३
बिहीबार, ०७ कात्तिक २०७६

काठमाडौं । सूचना प्रविधि तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले विप्लव नेतृत्वको नेकपाले वार्तामा बस्न तयार भएको विज्ञप्तिलाई छद्मभेषी कुरा भएको बताएका छन् । 

बिहीबार मन्त्रालयमा गरिएको नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बाँस्कोटाले सरकार छद्मभेषी कुराको पछि नालाग्ने भन्दै संविधानले दिएको राजनीतिक अधिकार प्रयोग गरेर राजनीति गर्न सुझाव दिए । 

उनले भने, ‘जाँतो घुमाएजस्तो वार्ता भन्ने, मान्छे छोड्ने, फेरि हिंसा गर्ने ? संविधान मान राजनीति गर । सरकारको भनाइ यही हो ।’

मन्त्री बाँस्कोटाले संविधानले दिएको राजनीतिक अधिकार प्रयोग गरे वार्ताको आवश्यकता नै नपर्ने बताए ।

नेकपाले स्वेच्छिक चन्दा अभियान चलाउने घोषणाको जवाफ दिँदै मन्त्री बाँस्कोटाले भने–‘स्वेच्छिक चन्दा अभियान चलाउने रे ? केका लागि चन्दा ? फेरि हिंसा निम्ल्याउनका लागि ? द्धन्द्धका लागि ? यो नेपालका लागि अहितकारी छ । हिंसा त्यागौँ शान्ति रोज्यौँ भनेर वक्तब्य निकाले भइहाल्यो नी ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप