शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

लण्डनमा ट्रकभित्र मृत भेटिएका ३९ जना सबै चिनियाँ नागरिक

बिहीबार, ०७ कात्तिक २०७६, २३ : १९
बिहीबार, ०७ कात्तिक २०७६

लण्डन- बेलायतमा एउटा ट्रकभित्र भेटिएका सबै शव चिनियाँ नागरिकको भएको बताइएको छ ।  बेलायती सञ्चार मध्यमहरुले स्रोतले उद्धृत गर्दै सम्प्रेषण गरेको समाचार अनुसार उनीहरु सबै चिनियाँ नागरिक भएको पुष्टी भएको हो ।  

पीडितहरु ट्रकको पछाडिको भाग कन्टेनरमा पूर्वी लण्डनको ग्रेज भन्ने स्थानमा मृत अवस्थामा बुधबार भेटिएका हुन् । उनीहरु बेल्जियमबाट डुङ्गामा यहाँ आएको बताइएको छ ।    आप्रवासन कार्यालयमा कार्यरत प्रहरीले उनीहरुको पहिचान गर्नु नै आफूहरुको प्रारम्भिक काम भएको बताएका छन् । 

मृतकमध्ये ३८ जना बयस्क र एक जना किशोर रहेको अधिकारीहरुले जानकारी दिएका छन् । शवहरु रहेको ट्रक बुधबार नै अति गोप्य तथा सुरक्षित ठाउँमा राखिएको अधिकारीहरुको भनाई छ । घटनाका बारेमा प्रहरी र चिनियाँ दूतावासले केही प्रतिक्रिया दिएका छैनन्  ।  

यसअघि सन् २००० मा पनि ५८ चिनियाँको शव डेनमार्कको ट्रकमा भेटिएको थियो । त्यतिबेलाको ट्रक दक्षिणपूर्वी बेलायती बन्दरगाहमा भेटिएको थियो । त्यहाँ भने दुई जना जीवितै थिए । -एएफपी
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप