केन्द्रीय संस्करण
भू–राजनीति

नेपालमा प्रभाव जमाएर भारतको ‘चिकेन् नेक’ माथि दबाब राख्ने चिनियाँ रणनीति

person explore access_timeकात्तिक ८, २०७६ chat_bubble_outline1

भू–राजनीति श्रृङ्खलाको अघिल्लो अङ्कमा मैले पूर्वी नेपालको भूराजनीति र भारतको विदेशमन्त्रीको नेपाल भ्रमणलाई एक ठाउँमा राखेर विश्लेषण गरें । त्यसमा भारतले अघि सारेको कोशीको पानी मेचीमा लिङ्क गर्ने योजनाको चर्चा भयो । त्यसका लागि भारत सरकारले बजेट विनियोजन गरेको कुरा पनि चर्चा गर्‍यौं ।

आजचाहिँ पूर्वी नेपालको भूराजनीतिमा अन्तर्राष्ट्रिय सम्भावित टकराव र अहिले भइरहेको छद्म टकराव पनि हामी विश्लेषण गर्नेछौं । पूर्वी नेपालको भूराजनीति भनेकै कोशी नदी र भारतको सानो ‘स्थूमस’ छ, ३२ किमीको ‘चिकेन् नेक’का कारण स्थापित भएको हो भनेर मैले विभिन्न समयमा भनेको छु ।

आज पनि त्यसैको वरिपरि हामीहरु चर्चा गर्नेछौं । तर यसको चर्चा गर्नु अघि नेपालको भूराजनीति, भारतको भूराजनीति, चीनको अन्तर्राष्ट्रिय राजनीति, चासोजस्ता सबै कुरालाई मध्यनजर गरेर हामी केही समय अघि चीनका राष्ट्रपति र भारतका प्रधानमन्त्रीबीच भारतमा भएको कुराकानी, चीनको राष्ट्रपतिको नेपाल भ्रमण, त्यसपछि आएका वक्तव्य सबैलाई एक ठाउँ राखेर यसको भूराजनीतिक कोणबाट यसको परिणाम के हुन सक्छन् भनेर ‘करेन्ट अफेयर’मा केन्द्रित हुन्छौं । त्यसपछि पूर्वी नेपालको भूराजनीतिक महत्व र त्यसमा भएका टकरावको बारेमा चर्चा गर्नेछौं ।

*******

चीनले जुन प्रकारले संसारमा आफ्ना उत्पादन बेचिरहेको छ,चीनलाई ती उत्पादन निर्माण गर्न आवश्यक कच्चा पदार्थ र खनिज इन्धनको माग जुन प्रकारले बढ्दै गएको छ,त्यसलाई मध्यनजर गरेर विगत एक दशकदेखि हिन्द महासागर र बंगालको खाडीवा भारतको वरिपरिको महासागरीय क्षेत्रको सामुद्रिक महत्त्वअत्यन्तै बढेर गएको छ । 

*******

चीनको विश्व बजारमा प्रभाव बढिरहेको छ । आजको दिनमा चीन आर्थिक महाशक्तिको रुपमा उदाइरहेको छ र आर्थिक क्षेत्रमा मात्र होइन, ऊ सैन्य महाशक्तिको रुपमा पनि उदाइरहेको छ ।

विश्वको हरेक मामिलामा चीनले आफ्नो उपस्थिति जनाउन सुरु गरेको छ । यस परिप्रेक्षमा चीनले जुन प्रकारले संसारमा आफ्ना उत्पादन बेचिरहेको छ, चीनलाई ती उत्पादन निर्माण गर्न आवश्यक कच्चा पदार्थ र खनिज इन्धनको माग जुन प्रकारले बढ्दै गएको छ, त्यसलाई मध्यनजर गरेर विगत एक दशकदेखि हिन्द महासागर र बंगालको खाडी वा भारतको वरिपरिको महासागरीय क्षेत्रको सामुद्रिक महत्त्व अत्यन्तै बढेर गएको छ । 

यो अवस्थामा चीनले पनि त्यो क्षेत्रमा आफ्नो प्रभावकारी उपस्थिति जनाउन र आफ्नो सुरक्षा, खासगरी इन्धनको सुरक्षा र व्यापारको सुरक्षाका लागि त्यो क्षेत्रको वरिपरीका राष्ट्रहरुमा आफ्नो विश्वसनीय सम्बन्ध स्थापित गर्नुपर्ने बाध्यात्मक परिस्थिति छ ।


चीनमाथि दवाव दिनका लागि अमेरिकालाई पनि त्यो क्षेत्रलाई आफ्नो प्रभावमा लिनुपर्ने स्थिति छ । त्यसैले अमेरिका र चीनबीच हिन्द महासागरीय क्षेत्र र त्यसका वरिपरि रहेका विभिन्न स्थानमा जुन प्रकारको राजनीतिक र रणनीतिक टकराव छ, त्यसले यो क्षेत्रलाई पनि राम्ररी प्रभाव पारेको छ ।

त्यो प्रभावबाट भारत पनि बाहिरिन सकेको छैन । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अहिले एक अर्काका विपरीत चाख भएका विभिन्न राष्ट्रलाई अलग अलग किसिमले कुटनीतिक रुपले व्यवस्थापन गर्न अगाडि बढिरहेको देखिन्छ । जस्तो कि, इरान र इजरायललाई । इरान र साउदी अरबलाई । अमेरिका र रुससमेत यसमा पर्छन् ।

तिनलाई व्यवस्थापन गर्ने परिप्रेक्ष्यमा मोदीको अमेरिका भ्रमणका क्रममा अमेरिकासँग अत्यन्त असहज सम्बन्धजस्तो पनि देखियो । तर त्यही अमेरिकाले पटक्कै मन नरुचाउने इरानी राष्ट्रपतिलाई पनि भेटे र, भारतका विदेश मन्त्री जयशंकरले एस–४०० मिसाइल प्रतिराक्षा प्रणाली रुससँग किन्ने विषयमा अमेरिकी विदेश मन्त्रीले प्रश्न गर्दा आफ्नो खरिदमा अडिग रहेको बताए । यसमा अमेरिकाले कुनै प्रकारको प्रश्न उठाउन बान्छनीय छैन भन्दै सिधा जवाफ दियो ।

एकातर्फ भारतको अमेरिकासँग राम्रो सम्बन्धजस्तो देखिएको र अर्को हिसाबमा भारतले जुन खालको अडान लिएको छ, त्यसले दुई देशबीच टकरावको स्थिति पनि देखिन्छ ।

*******

एकातर्फ भारतको अमेरिकासँग राम्रो सम्बन्धजस्तो देखिएको र अर्को हिसाबमा भारतले जुन खालको अडान लिएको छ,त्यसले दुई देशबीच टकरावको स्थिति पनि देखिन्छ ।

*******

अन्तर्राष्ट्रिय राजनीतिमा यस्ता धेरै उदाहरण देखिन्छन्, जुन मोदी र ट्रम्पबीच देखियो । यसको अध्ययन गर्ने हो भने बाहिरबाट हेर्दा विश्वासको वातावरण पनि देखिन्छ, भित्रभित्रै टकराव र द्वन्द्वका लागि वृहत्तर तयारी पनि देखिन्छ ।

यही सिद्धान्तका आधार चीन र भारतको अहिलेको सम्बन्धलाई व्याख्या गर्न सकिन्छ । मोदी र ट्रम्पबीचको सम्बन्धलाई विश्लेषण तत्कालीन समयका ग्लोबल टाइम्सका समाचारबाट देखिन्छ । ती विश्लेषणमा चीन पनि भारतविरुद्ध दवाव र विश्वास दुवैको रणनीति अंगिकार गर्नुपर्छ भन्नेमा पुगेको छ भन्ने देखिन्छ । अनौपचारिक सम्बन्ध विस्तार गर्नका लागि चिनियाँ राष्ट्रपतिको भारत भ्रमण भयो र लामो कुराकानी हुन्छ ।

*******

चीन पनि भारतविरुद्ध दवाव र विश्वास दुवैको रणनीति अंगिकार गर्नुपर्छ भन्नेमा पुगेको छ भन्ने देखिन्छ । अनौपचारिक सम्बन्ध विस्तार गर्नका लागि चिनियाँ राष्ट्रपतिको भारत भ्रमण भयो र लामो कुराकानी हुन्छ ।

*******

यो भूराजनीतिक रुपमा निक्कै महत्वपूर्ण कुरा हो । हिन्द महासागरीय क्षेत्रमा चीनले आफ्नो सुरक्षाको लागि भारतको एक हदसम्मको विश्वास लिन जरुरी छ । त्यही भ्रमणबाट फर्कने क्रममा चिनियाँ राष्ट्रपति सी नेपाल पसे ।

नेपालको भ्रमणमा सन्धि, सम्झौता र समझदारी पत्र गरेर २० वटा कागजातमा हस्ताक्षर भयो । नेपालमा सीको एक कडा वक्तव्य आयो र चीनमा गएपछि मात्र त्यहाँको परराष्ट्र मन्त्रालयले जुन किसिमले प्रकाशित गर्‍यो, त्यो हेर्दा के देखिन्छ भने नेपालमा आफ्नो सुरक्षा चुनौती नहोस् है भन्नेमा चीन निक्कै सचेत भएको देखिन्छ ।

*******

नेपालमा सीको एक कडा वक्तव्य आयो र चीनमा गएपछि मात्र त्यहाँको परराष्ट्र मन्त्रालयले जुन किसिमले प्रकाशित गर्‍यो,त्यो हेर्दा के देखिन्छ भने नेपालमाआफ्नो सुरक्षा चुनौती नहोस् है भन्नेमा चीन निक्कै सचेत भएको देखिन्छ ।

*******

त्यसैको आधारमा उसले एउटा प्रस्ताव पनि गरेर पठाएको हो, सुपुर्दगी सन्धि । तर सुपुर्दगी सन्धि नभए पनि घुमाउरो किमिसले सुपुर्दगी सन्धिकै हाराहारीको सन्धि गर्न चीन सफल भएको छ । आखिर नेपालजस्तो देशलाई २३ वर्षपछि यति प्राथमिकता दिएर चीनका राष्ट्रपतिले भ्रमण गर्नुपर्ने अवस्था कसरी सिर्जना भयो ? यसमा पनि पक्कै पनि भूराजनीतिक कारण नै हो । यसको दुई वटा भूराजनीतिक कारण छ । एउटा त, विगत लामो समयदेखि नेपालको समाज, नेपालको राजनीति र नेपालको नीतिमा जसरी अमेरिकन र युरोपेलीको एकलौटीपन बढ्दै गयो, त्यसबाट चीन चिन्तित हुनु स्वाभाविक थियो ।

*******

नेपालजस्तो देशलाई २३ वर्षपछि यति प्राथमिकता दिएरचीनका राष्ट्रपतिलेभ्रमण गर्नुपर्ने अवस्था कसरी सिर्जना भयो?यसमा पनि पक्कै पनि भूराजनीतिक कारण नै हो ।

*******

त्यही चिन्ताको कारण चीन सिधै अमेरिका र पश्चिमा शक्तिसँग टकरावको स्थितिमा उत्रिएको छ । नेपाललाई आफ्नो पक्षमा लिन र आफू विरुद्ध काम हुन नदिनको लागि विश्वास लिने र दवाव दिने दुइटै काम चीनले सम्पन्नतापूर्वक गरेको छ । यसमा कुन हदसम्मको दवाव छ र कुन हदसम्म विश्वास लिए भविष्यको घटनाले देखाउला ।

यो सँगसँगै नेपालसम्बन्धमा चीनको अर्को भूरणनीति महत्वको विषय के हो भने भारतमाथि दवाव दिनुपर्‍यो, विशेषतः भारतको ‘चिकेन् नेक’ भूसन्धिस्थल(स्थुमस)मा दवाव दिएर भारतसँग आफ्ना चाखहरुका लागि चीनले बार्गेनिङ गर्नुपर्‍यो भने चीनले नेपालको भूमि प्रयोग गर्नु स्वाभाविक हो । आखिरमा नेपालको सीमा जोडिएको छ ।

*******

नेपालसम्बन्धमा चीनको अर्को भूरणनीति महत्वको विषय के हो भने भारतमाथि दवाव दिनुपर्‍यो, विशेषतः भारतको ‘चिकेन् नेक’ भूसन्धिस्थल(स्थुमस)मा दवाव दिएर भारतसँग आफ्ना चाखहरुका लागि चीनले बार्गेनिङ गर्नुपर्‍यो भने चीनले नेपालको भूमि प्रयोग गर्नु स्वाभाविक हो ।

*******

पूर्वी नेपाल भारतको महत्वपूर्ण भागमा जोडिएको कुरालाई उपभोग गर्न चीनले नेपाललाई विश्वासमा लिएको देखिन्छ । चीनले दवाव पनि दिइरहेको देखिन्छ ।

यसको महत्वपूर्ण हिस्सा हो, झापामा चीनको महत्वपूर्ण उपस्थिति । मैले पहिले पनि भनेको छु, कोशीमा बाँध बनाउने हो भने त्यसमा बन्ने पूर्वी नहर पूर्वतर्फ लिएर जादाँ र त्यसलाई जल यातायातको लागि योग्य बनाउने हो भने बन्दरगाहको लागि सबैभन्दा योग्य ठाउँ दमक हो ।

दमकमा बन्दरगाह बनेर उताको जहाज आइपुग्नु भनेको भारतको जुन सानो भूसन्धिस्थल छ, ३२ किमीको त्यो स्थलमा जहाजको आवातजावत हुनु हो ।

त्यहाँ जहाजको आवातजावत हुँदा भारत आफ्नो सबैभन्दा ठूलो कमजोर कडीमा अलिकति रणनीतिक रुपमा सुदृढ हुने अवस्था आउँछ । त्यसले चीनको बार्गेनिङ क्षमता घट्ने हुँदा त्यो ठाँउमा चीनले निरन्तर दवाव दिनु स्वाभाविक हो । यस्ता दवावहरु चल्छन् ।

*******

दक्षिण चीनसागरभन्दा अमेरिकाधेरैटाढा छ तर त्यहाँसमेत अमेरिकाले दवाव दिइरहेको छ ।

*******

दक्षिण चीन–सागरभन्दा अमेरिका धेरै टाढा छ तर त्यहाँसमेत अमेरिकाले दवाव दिइरहेको छ । त्यस्तै गरेर कस्ता कस्ता चोकिङ पोइन्टमा कस्ता कस्ता उपस्थिति जनाइरहेका छन् शक्ति राष्ट्रले, पहिले नै प्रशस्त चर्चा गरिसकेका छौं । त्यसको आधारमा भारतको उत्तरपूर्व र भारतको ‘चिकेन् नेक’ भएका ठाउँमा चीनले दवाव दिन्छ । पहिले पनि दिएको हो । दोक्लम प्रकरण पनि लगभग त्यही प्रकरणको एउटा रुप हो ।

अहिले चीनको झापामा एकदमै ठूलो लगानी र उपस्थिति छ, त्यो यसैमा लक्षित छ । यो विश्लेषण गर्न कुनै गाह्रो छैन । दमकमा नै ठूलो औद्योगिक पार्क, दमकमा नै भ्यू टावर र झापाको सम्पूर्ण नदीको व्यवस्थापन चीनले गर्ने र आफ्नो म्यानपावर पनि आफैले लिएर आउने । यी सबै कुरा ‘चिकेन् नेक’ केन्द्रित रणनीतिहरु हुन् ।

यसरी चीनले रणनीतिक रुपमै भारतमाथि दवाव दिन पनि नेपाललाई विश्वासमा लिने र दवाव दिने काम गरिरहेको छ । साथ साथै पश्चिमाहरुको न्युनिकरण गर्न पनि नेपाललाई प्रयोग गरिरहेको छ । यसैलाई केन्द्रित गरेर २३ वर्षमा चीनलाई नेपाल आउनैपर्ने बाध्यात्मक स्थिति थियो । त्यसैको परिणति हो, महामहिम सि जिनपिङको भ्रमण ।

*******

चीनले रणनीतिक रुपमै भारतमाथि दवाव दिन पनि नेपाललाई विश्वासमा लिने र दवाव दिने काम गरिरहेको छ । साथ साथै पश्चिमाहरुको न्युनिकरण गर्न पनि नेपाललाई प्रयोग गरिरहेको छ । यसैलाई केन्द्रित गरेर २३ वर्षमा चीनलाई नेपाल आउनैपर्ने बाध्यात्मक स्थिति थियो । त्यसैको परिणति हो,महामहिम सि जिनपिङको भ्रमण ।

*******

भारत र चीनबीच भएको अनौपचारिक वार्ता र नेपालमा चीनका राष्ट्रपतिको भ्रमण कुरा आए । यिनै कोणबाट हामी पूर्वी नेपालको भूराजनीतिक र भूरणनीतिक बिन्दूको चर्चा गर्छौं ।

पहिले हामी दमकको चर्चा गर्छौं । दमक एकदमै महत्वपूर्ण छ । एक त ‘चिकेन् नेक’को नजिक छ, दमक । दोस्रो सीमाको १८–२० किमीभित्र कुनै सैन्य गतिविधि गर्न नपाउने सम्झौता छ, भारतसँग ।

त्यो १८ किमीभन्दा बाहिर पर्ने तर ‘चिकेन् नेक’भन्दा नजिक पर्ने ठाँउ हो दमक । आज फरक परिस्थिति भए पनि, कालान्तरमा नेपालको ‘गेमचेन्जर’ भनेको नेपालभित्र पानी जहाज ल्याउनु हो र त्यो आयो भने कोशीबाट पूर्वी नहरबाट आउँछ । 

*******

आज फरक परिस्थिति भए पनि,कालान्तरमा नेपालको ‘गेमचेन्जर’ भनेको नेपालभित्र पानी जहाज ल्याउनु हो र त्यो आयो भने कोशीबाट पूर्वी नहरबाट आउँछ । 

*******

त्यो कुरालाई अहिले देखिएको परपीडक उत्तेजनालाई मात्र हेरेर चीनले मुल्याकंन गर्दैन । उनीहरुले त सबै स्थितिहरु हेरेर मुल्याकंन गर्ने हो । पत्रपत्रिकामा के आयो र नेपाली जनताले उत्तेजनामा आएर के बोले, त्यसले त्यति ठूलो अर्थ राख्दैन । नेपालको राजनीतिले एक दिन पानीजहाजको कुरामा सहमत हुन्छन् भन्ने कुरा चिनियाँलाई राम्ररी थाहा छ ।  सडकीय लोकप्रियताको भारी बोकेर हिड्ने नेतृत्व र केही विचार निर्माताले यो कुरा मनन् नगरेका हुनसक्छन् ।

जसरी पनि मोरङ, सुनसरी, इलामको पहाडि क्षेत्रको निश्चित बिन्दूमा र झापा लगाएतका तराईका निश्चित विन्दूहरुमा चीनले आफ्नो उपस्थिति बढाउदैं लगेको छ वा बढाउने रणनीतिमा देखिन्छ ।

त्यस्तै, पूर्वी नेपालको कोशीदेखि पूर्वको स्थिति हेर्नु भयो भने लगभग विष्णुपादूका, भेडेटार, धरानमाथिको क्षेत्रदेखि लिएर नाम्जे भन्नुस्, त्यहाँदेखि पर गएर समयाको पिक छ । त्योदेखि माथि गएर थाप डाँडो भनिन्छ, लगायत इलामको पूर्वी पहाडको चुलीहरुबाट भारतको ‘चिकेन् नेक’को निगरानी गर्न सकिन्छ ।

त्यो स्थितिले अहिले पहाड र नदीहरुमा, माथिल्लो पहाडि क्षेत्रका नदीहरुमा र नुङचुहरुमा (अरुणलाई तिब्बतमा नुङ्चु र पुङ्चु भनिन्छ) चिनियाँ चाख छ ।

ग्यासोलादेखि अझ डिङ्ग्रीदेखि दक्षिणतर्फको मैदानबाट अरुणको उत्पति हुन्छ । तातोपानीदेखि उता न्यालम आउँछ, न्यामलदेखि माथि छ थोङ्ला पास, त्यसमाथिको उत्तरी भागको पानी पनि अरुणमै जाने हो । त्यो क्षेत्रको बेसिनमा चीनले सडक त बनाएको छ । त्यस सडकलाई अरुण नदीको किनारै किनार नेपालतर्फ ल्याउन सकिन्छ ।

पूर्वी पहाडी क्षेत्रमा पहुँच हुनको लागि परियोजना आइसकेको र उता चीनमा रोड आइसकेको अवस्थामा चाहेको बखत नेपाल विस्तार गर्न सकिन्छ । 

त्यो परियोजनाले स्थापित गरेको जुन सडक संजाल छ, यस्ता सबै भूरणनीतिक रुपमा महत्त्वपूर्ण छ, युद्धको लागि सबैभन्दा महत्त्वपूर्ण जुन क्षेत्र छन्, पूर्वी क्षेत्रमा छन्, त्यहाँ जोडिन्छ । त्यो ६ नम्बरे बुधबारे सडकमा जोडिन्छ । त्यो भेडेटार नाम्जे क्षेत्रमा जोडिन्छ । त्यो इलामसँग जोडिन्छ ।

*******

नेपालको भूराजनीतिक महत्वलाई चीनले एकदम महत्व दिएर अगाडि बढिरहेको अवस्था देखिन्छ । तर त्यसविरुद्ध भारतको पक्षबाट जसरी प्रतिरोध आउला भन्ने मैले सोचेको थिएँ,त्यस अनुरुप भएन ।

*******

नेपालको भूराजनीतिक महत्वलाई चीनले एकदम महत्व दिएर अगाडि बढिरहेको अवस्था देखिन्छ । तर त्यसविरुद्ध भारतको पक्षबाट जसरी प्रतिरोध आउला भन्ने मैले सोचेको थिएँ, त्यस अनुरुप भएन । हुन त भारतले जहिल्यै गनगन गरिरहेको हुन्छ । यो एक किसिमले राम्रो पनि हो, किनकि दुई छिमेकीको द्वन्द्वको कारण हामीहरु बनिरहेका छैनौं ।

तर एउटा कुरा के हो भने हामीहरु यही दिशामा लाग्यौं र दवावमा आयौं अथवा अरुबाट उपभोग हुन खुसी भयौं भने एक न एक दिन हामी दुई छिमेकीको विवादको भासमा फस्दैनौं भन्ने ग्यारेन्टी छैन । हाम्रो परिस्थिति हेर्दा त्यो अवस्था निम्त्याउन लागेको त होइन भन्ने पनि प्रशस्त ठाउँ छ ।

पूर्वी नेपालको भूराजनीतिमा नदीको बारेमा यस अघिका एपिसोडमा कुरा भयो । आज भूराजनीतिक विन्दूबारेमा चर्चा गरियो ।

भूराजनीतिक रुपले नेपाललाई तीन भागमा विभाजन गर्न सकिन्छ । एउटा ढल्केबरभन्दा पूर्वको क्षेत्र । त्यसको महत्त्व ‘चिकेन् नेक’को सामिप्यता र कोशी नदीको अवस्थितिले निर्धारण गर्छ । हामीले आज त्यसैको बारेमा चर्चा गर्‍यौं ।

त्यस यता बुटवलसम्म अर्को हिस्सा नेपालको मुटु र कलेजोको रुपमा रहेको पोखरा र काठमाडौंमा आधारित भूराजनीति हुन्छ । त्यसभन्दा पश्चिम भारतको राजधानी दिल्ली त्यस क्षेत्रबाट नजिक पर्ने हुँदा, दिल्ली केन्द्रीत भूराजनीति सक्रिय छ ।

नदीको कारण यी तीनै स्थानको अलग्गै भूराजनीति महत्व राख्दछन् । आज हामीले पूर्वी भागको भूराजनीतिका बारेमा चर्चा गर्यौं ।

कमेन्ट

  1. Oct. 25, 2019, 12:34 p.m. Gautam
    This is baseless analysis of Mr. Subedi. He is a mission journalist paid and protected by some special foreign force. He even claims that China was able to conclude extradition treaty in indirect manner in the name of mutual legal assistance. I challenge the writer to give bases for such false flow of information. Extradition and Mutual legal assistance are to separate and distinct treaty regimes. For authentic information, one can refer to two separate Acts of Nepal such as Extradition Act, 2070 and Mutual Legal Assistance Act 2070 and also to : unodc.org
  2.  0 Reply

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...