शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कश्मीर भिडन्तमा ज्यान गुमाएका श्रेष्ठको भारतमै अन्तेष्टि

शुक्रबार, ०८ कात्तिक २०७६, ११ : ३३
शुक्रबार, ०८ कात्तिक २०७६

बुटवल । गत शनिबार राति भारत–पाकिस्तान सीमा क्षेत्रमा पाकिस्तानी सैनिकसँगको भिडन्तमा ज्यान गुमाएका पाल्पाको रामपुर नगरपालिका–४, सतवर्तका २१ वर्षीय गमिल श्रेष्ठको अन्त्येष्टि भारतमै गरिएको छ ।

गमिलका बाबु रुद्रनारायण श्रेष्ठ र दाजु गणेश श्रेष्ठ गमिलको अन्त्येष्टिमा सामेल हुन भन्दै भारत पुगेका थिए । भारतीय सेनाले बनारसको काशीघाटमा गमिलको दाहसंस्कार गरेको हो ।

छिमेकी कृष्णप्रसाद आचार्यका अनुसार श्रेष्ठको काजकिरिया उनका ९७ वर्षीय हजुरबुवाले गर्दैछन् । गमिलका हजुरबुवा र हजुरआमा जीवितै भएका कारण उनका बाबुले काजकिरिया गर्न नमिल्ने भएकाले हजुबुवाले यो उमेरमा नातिको किरिया गर्नुपरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप