शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बोल्ड सुमी

शुक्रबार, ०८ कात्तिक २०७६, १५ : १२
शुक्रबार, ०८ कात्तिक २०७६

सुमी मोक्तान ‘सरौतो’ बाट अभिनेत्रीको रुपमा डेब्यु गर्दैछिन् । फिल्म कार्तिक २९ गतेबाट प्रदर्शनमा आउँदैछ । तर, फिल्म प्रदर्शनमा नआउदै उनी भने चर्चामा छिन् । फिल्मको प्रचार प्रसारका लागि ल्याइएको ट्रेलरका कारण उनी चर्चामा रहन सफल भएकी हुन् । ट्रेलरमा समेटिएको उनको एक्सन पाटोको धेरैले प्रसंशा गरेका छन् ।

केही म्युजिक भिडियोका अलवा फिल्म ‘झ्यानाकुटी’ र ‘दुई रुपैयाँ’मा सानोतिनो भूमिका निर्वाह गरेकी सुमीलाई कलाक्षेत्रमा परिचित गराउने काम ‘जानी नजानी’ फिल्मको ‘एउटीलाई मुटुमा घर’ बोलको गीतले गरायो ।

‘सरौतो’बाट भने उनले अभिनेत्रीको रुपमा स्थापित हुने आश गरेकी छन् । ‘सरौतो’ महिला केन्द्रीत बिषयमा बनेको फिल्म हो । यसमा आफुले नेपाली फिल्ममा नभएको भरपुर एक्सन  एक्सन गरेको उनले बताइन् । यी अभिनेत्री सुमी मोक्तानलाई यस्तो छ रातोपाटीको दश प्रश्न ।

अभिनयमा रुचि कसरी पलायो ?

सन् २०१२ को ‘मिस तामाङ’ पनि हुँ म । २०१३ मा ‘मिस नेपाल’को उत्कृष्ट पाँच भित्र पुगेको थिए । मेरो कलाक्षेत्रको सुरुवात यहीबाट भयो । यो समय मलाई धेरै म्युजिक भिडियो र फिल्महरुको अफर आउथ्यो । तर म देश बाँहिर अध्यायन गर्ने भएकोले अभिनय सम्भावन थिएन । अर्काे कुरो म सानो पनि थिए । जब अध्यायन सकेर नेपाल फर्किए । अभिनयको फेरि अफरहरु आउन थाल्यो । अनि अभिनयमा होमिए ।

बिदेशमा कलाकारिताको अवसर थिएन ?

– थियो । किन नहुनु । तर बिदेशमा अध्यायन गर्दाको समय  मेरो कलाक्षेत्र प्रति रुचि पलाएको थिएन ।

अभिनयका लागि यो उपयुक्त समय कसरी भयो ?

जतिबेला मैले सौन्दर्य प्रतियोगितामा भाग लिएको थिए । त्यो समय म सानी थिए । अध्यायन पनि गर्नु थियो । तर अहिले अध्यायन सकाएर फर्किएको छु । अलि परिपक्व पनि भएको छु ।

‘सरौतो’ अभिनय अफर कसरी मिल्यो ?

‘झ्यानाकुटी’ फिल्ममा मेरो सानो भूमिका थियो । उक्त फिल्ममा अभिनय गर्ने सिलसिलामा निर्देशक हरि हुमागाई दाईसँग चिनजान भयो । सोही फिल्ममा काम गर्दा उहाँले तिमीलाई चलनचल्तीको भूमिकाभन्दा भन्दापनि एक्सन चलचित्र सुहाउँछ भन्नु भएको थियो । केही समयपछि उहाँले ‘सरौतो’को कथा सुनाउनु भयो । मलाई पनि कथा मनपर्यो, अभिनयका लागि राजी भए ।

एक्सन प्रधान चलचित्रमा दर्शकले रुचाउलान् त ?

फिल्ममा मेरो भूमिका राम्रो छ । फिल्म पनि राम्रो बनेको छ । दर्शकले रुचाउँछन् भन्ने आशा गरेका छौँ । अर्काे कुरो पहिलो फिल्ममै मैले एक्सन गरेकी छु । दर्शकले कसरी लिने हुन् भन्ने केही डर भने पक्कै छ । यो महिला केन्द्रीत एक्सन फिल्म भएकोले पनि दर्शकका लागि नौलो स्वाद हुनेछ ।

एक्सन गर्न कति गाह्रो रहेछ ?

फिल्मकै लागि भनेर करीब डेढ वर्ष मार्सलआर्ट सिकेको थिएँ । त्यसैले गाह्रो भएन । मार्सलआर्ट सिक्दा भने निकै गाह्रो भएको थियो ।

तपाईंलाई मनपर्ने पहिरन ?

जुनै पहिरन पनि मलाई सहज लाग्छ । बिकनीदेखि कुर्तासम्म पनि मलाई सुहाउँछ । स्कर्टमा धेरै राम्री देखिन्छु ।

तपाईं आफूलाई कसरी व्याख्या गर्नुहुन्छ ?

एकदमै सरल तर सृजनशील छु । नयाँ–नयाँ काम गर्न रुचाउँछु । म निडर पनि छु । मलाई कसैले नगरेको काम गर्न मन लाग्छ ।

फुर्सदको समय के गर्नुहुन्छ ?

– बाबा, आमालाई अफिसको काम सघाउँछु । घुम्न निस्किन्छु  । फिल्म हेर्छु ।

अभिनय गर्न मन लागेको भूमिका ?

हलिउडमा बनेको जस्तो प्रयोगवादी, आर्ट फिल्म अभिनय गर्न मन छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप