शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विधेयकले कसैको ‘रोजीरोटी’ मार्दैन : मन्त्री बाँस्कोटा

शुक्रबार, ०८ कात्तिक २०७६, २३ : ०३
शुक्रबार, ०८ कात्तिक २०७६

काभ्रे-सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मिडिया विधेयकले कसैको ‘रोजीरोटी’ नमार्ने बताउनुभएको छ । धुलिखेल नगरपालिका–११ पातलेखेतस्थित नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०द्वारा विभिन्न चाडपर्वको अवसरमा आज आयोजना गरेको शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रममा उनले मिडिया विधेयकले कलाकार र बौद्धिक कार्यमा लाग्नेको सिर्जना नमर्ने दाबीसमेत गरे । 

मन्त्री बाँस्कोटाले भने, “हामीले कसैको रोजीरोटी नमार्ने गरी छलफल गरेका छौँ, तपाईँहरु ढुक्क हुनुहोस्, सरकार किसान र मजदूरको समेत सिर्जना नमर्ने गरी कानून बनाउँछ ।” उनले मिडिया कानूनले उकालो पार गरिकन तेर्सो मार्गमा हिँड्दै संसदीय समितिमा पुगेको बताउनुभयो । “कानून उकालोमा हिँड्दा थोरै ढिला मात्रै भएको हो, अब सजिलैसँग पास हुन्छ ।” 

मन्त्री बाँस्कोटाले जनतालाई शिरमै राखेर सुख र समृद्धिका बृहत्तर अभियान अघिसारेको बताए । “हामी हरेक क्षेत्रको सुख र समृद्धिमा मात्रै ध्यान दिइरहेका छौँ, बेइमान गर्नेलाई मात्रै तह लगाउने हो, भट्टामा मान्छे हाल्ने र महिलामाथि अभद्र व्यवहार गर्नेलाई पनि ‘पद’ नभन्ने तपार्इँहरुलाई थाहा नै छ”, उनले भने । राजनीतिमा अपराधीकरण र नेतृत्वमा भ्रष्टाचार गर्नेलाई कुनै पनि स्थान नभएकाले मुलुकमा विधि र न्यायको शासन स्थापित हुने उनले दोहो¥याए । 

मन्त्री बाँस्कोटाले सुख र समृद्धिको सङ्घर्षमा कसैले पनि ज्यान गुमाउनु नपर्ने बताए । उनले भने, “सुख र समृद्धि पनि जिलै प्राप्त हुने चिज त हैन, तर यसका लागि बुद्धि र पाखुरा लडाए मात्रै पुग्छ ।” लोकतन्त्रका निम्ति ७० वर्ष बिताएको स्मरण गर्दै उहाँले जनताको सुख र समृद्धिका लागि सरकारले कुनै कसर बाँकी नराख्ने उनको दाबी थियो । 

मन्त्री बाँस्कोटाले जनताले दिएको भोटको भारीको एकमुष्ट उपहार आउने निर्वाचनका किस्तीमा राखेर दिने बताए । “हामी यति ग¥यौँ, यति काम शुरु ग¥यौँ, यति गर्न बाँकी रह्यो भनेर फेरि आउँछौँ, तपाईँहरुले चिन्ता लिनुपर्दैन”, उनले भने । युटुबर र फेसबुकले हल्ला गरेर सरकारलाई कुनै फरक नपर्ने उनले दाबी गरे  ।  

 मन्त्री बाँस्कोटाले छिमेकी देशले सहयोग गर्ने प्रतिबद्धता जनाइसकेकाले विकास र समृद्धिको यात्रा कसैले रोकेर नरोकिने बताउनभयो । “आउने चुनावमा पनि जवाफदेहिताको सामथ्र्यसहित इमान्दारीताका साथ आउँछौँ, त्यतिखेर हिसाबकिताब गरौँला”, उनले दाबी गरे । आफूहरु निदाएर नबसेकाले निर्वाचनका बेला गरेका घोषणापत्र सिरानमा हालेर राख्न र निर्वाचन आएपछि ‘नेतालाई यो खोई त रु’ भनेर प्रश्न गर्न उनले आग्रह गर्नुभयो । 

   “बिना योजना गत निर्वाचनमा होमिएनौँ, हामी अहिले पनि निदाएर बसेका छैनौँ”, उनले थपे । । उनले क्रमशः मुलुक उत्पादन गर्दै आत्मनिर्भर अर्थतन्त्रतर्फ गइरहेको बताए। उनले भने, “हामी कृषिमा आधुनिकीकरण गर्दैछौँ, उत्पादनलाई बजारसँग जोड्ने उत्तम विधि तय हुँदैछन् ।” उनले धुलिखेल नपा–११ पातलेखेतमा २९८ रोपनी जग्गा लिएर औद्योगिक ग्राम निर्माणको योजना अघि सारिएको बताए। 

   कार्यक्रममा प्रतिनिधिसभा सदस्य गङ्गाबहादुर दोङ, प्रदेशसभा सदस्य चन्द्र लामा, नेकपा प्रदेश सदस्य रामहरि सुवेदी, धुलिखेल नपा उपप्रमुख विमला शर्मा, वडाध्यक्ष विष्णुप्रसाद धितालले शुभकामना व्यक्त । कार्यक्रममा विविध सांस्कृतिक तथा व्यङ्गात्मक प्रस्तुति गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप