शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रोनाल्डो नखेल्दा युभेन्ट्स बराबरीमा रोकियो

शनिबार, ०९ कात्तिक २०७६, २३ : ४५
शनिबार, ०९ कात्तिक २०७६

एजेन्सी-इटालियन सिरी ‘ए’ फुटबलको शीर्ष स्थानमा आसिन युभेन्ट्सलाई कमजोर टोली लेसीको धक्का लागेको छ । शनिबार भएको खेलमा युभेन्ट्स लेसीसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

लेसीको मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा युभेन्ट्सले अंक बाँडेको थियो । युभेन्ट्सका लागि पाउलो डिबालाले ५०औं मिनेटमा गोल गरेका थिए । ५६औं मिनेटमा लेसीका मार्को मन्कोसुले पेनाल्टीमार्फत गोल गर्दै खेललाई बराबरीमा ल्याए । त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसक्दा खेल बराबरीमा सकियो ।

यस खेलमा स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोलाई विश्राम दिइएको थियो । जसको असर युभेन्ट्सलाई पर्यो । बराबरीसँगै युभेन्ट्सले नौ खेलबाट २३ अंक छ । आठ अंक बनाएको लेसी १६औ स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप