बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रज्ञा–सिस्नुपानी देउसी : कलाकारको व्यङ्ग्यमा प्रधानमन्त्रीको जवाफ

आइतबार, १० कात्तिक २०७६, २१ : ०२
आइतबार, १० कात्तिक २०७६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रज्ञा–सिस्नुपानी देउसीले मनोरञ्जन र चेतनामुलक प्रस्तुती पस्केको बताएका छन् । नेपाल प्रज्ञा प्रष्ठिानमा आइतबार साँझ आयोजित प्रज्ञा– सिस्नुपानी देउसी उत्सवमा प्रधानमन्त्री ओलीले थेरै सिस्नुपानीले झप्काए पनि मनोरञ्जन र चेतनामुलक प्रस्तुती पस्केको बताएका हुन् ।

प्रज्ञा– सिस्नुपानी देउसी समूहले विकासका काममा भएको ढिला सुस्ती, वालुवाटार जग्गा प्रकरण, सभामुख प्रकरण, रौतहत बम विष्फोट प्रकरण, सनु प्रकरण, होली वाइन प्रकरण र चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणलगायतका विषयमा व्यङ्ग्य गरेको थियो । 

कार्यक्रममा नेकपाका अध्यक्ष पुस्पकमल दाहाल प्रचण्ड, प्रधानन्यायधिश चोलेन्द्र शमशेर राणा, पूर्व मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मी, समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई, राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो, मन्त्री, नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरीका प्रमुखलगायत उच्चपदस्तको उपस्थिति रहेको थियो ।

प्रधानमन्त्री ओलीले कार्यक्रमको अन्तिममा सबै विषयको एकमुस्ट जवाफ दिएका थिए । यस्तै नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेतालाई आलोचना गर्दा पक्राउ पर्ने वा बेपत्ता पारिने गरिएको बताएका थिए । ‘नेताले सबै फूलको माल मात्र होइन, गलत काम गरे जुत्ताको माला पनि स्वीकार गर्नुपर्छ,’ उनले भने, ‘राज्यले कलाकारको पुकार पनि सुन्नुपर्छ ।’

त्यसको जवाफमा प्रधानमन्त्री ओलीले नेताहरु दुई प्रकारका हुने बताए । ‘रामचन्द्रजीले ठीकै भन्नु भयो । नेताहरु दुई प्रकारका हुन्छन् । एकले फूलको माला लगाउँछ । एकले जुताको माला लगाउँछ । त्यो कामले हो  । हामीले फूलको माला लगाउने काम गर्नुपर्छ,’ उनले भने ।

प्रधानमन्त्री ओलीले पौडेललाई जवाफ फर्काएपछि जोगीको भेषमा नेपाली राजनीतिबारे व्यङ्ग्यात्मक रुपमा प्रस्तुत भएका कलाकार मनोज गजुरेललाई पनि जवाफ दिए । उत्तरी दिशाबाट आउने सुन तस्कर गेट बाँधो, दक्षिणी दिशाबाट आउने काला बजारीको सिन्डिकेट बाँधो’ भनेर व्यङ्ग्य कस्केका थिए । प्रधानमन्त्री ओलीले भने, ‘यहाँ नेपाल हार्दैछ भन्ने कुरा पनि आयो । व्रिटिस, राणा र निरंकुशसँग नहारेको नेपाल अब पनि कसैसँग हार्दैन ।’ यस्तै उनले व्यङ्ग्यलाई धेरै गम्भीर रुपमा लिन पनि नहुने तर्क गरे ।

उनले भने, ‘देउसी टिमसँग मेरो सोच र भावना मिल्यो । तर भाषा मिलेन । यो पनि ठीकै हो । उहाँहरु सिस्नुपानीमा हुनुहन्छ । म त्यहाँ छैन ।’ प्रधानमन्त्री ओलीले दुई – तीन जनालाई सिस्नुपानी देउसीमा नराम्रो लागेको बताए ।  उनले भने, ‘यहाँ सबैलाई आनन्द लागेको छ । तर दुई–तीन जनालाई नराम्रो लागे जस्तो छ । सिस्नुपानी हो अलि कति त लागि हाल्न नि ।’ 

कवि अर्जुन पराजुलीले ‘गाउँ किन फर्किने’ शीर्षको व्यङ्ग्यात्मक कविता सुनाएका थिए । कवि पराजुलीले सहरमा बगली बगलीमा लालपूर्जा राखेर गाउँको नाम जप्ने गरिएको भन्दै राजनीतिक दलहरुप्रति यांग्य गरेका थिए ।

उनले काँधमा हलो भिरेर तन्दुरी जोत्न पाँच तारे होटल जाने गरेको भन्दै राजनीतिक दलका नेताहरुलाई गोरुको रुपमा चित्रण गरेपछि कार्यक्रममा हाँसोको गुन्जयमान भएको थियो । यस्तै मदनकृष्ण छोरा यमन श्रेष्ठले बालुवाटार जग्गा प्रकारणबारे गीतमार्फत सर्वहार कम्यनिस्ट भन्दै व्याङ्ग्य गरेको थिए ।

यस्तै विभिन्न भेषभुषा झल्कने नृत्य प्रस्तुत गरिएको थियो भने प्रज्ञा– सिस्नुपानी देउसी टोलीले देउसी भट्याएको थियो । देउसी टोलीले प्रधानमन्त्रीदेखि विभिन्न राजनीतिक दलमाथि खरो रुपमा व्यङ्ग्य गरेको थियो ।

मनोज गजुरेल चिनियाँ राष्ट्रपतिको लुक्समा थिए भने सिताराम कट्टेल ‘धर्मुस’ प्रधानमन्त्री ओलीको लुक्समा प्रस्तुत भएका थिए । सिस्नुपानी नेपालले दुई दशकयता समसामयिक विषयहरुमा व्यंङ्ग्य गर्दै देउसी कार्यक्रम संचालन गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप