बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बसले किचेर १४ वर्षीया किशोरीको मृत्यु

सोमबार, ११ कात्तिक २०७६, १७ : ५७
सोमबार, ११ कात्तिक २०७६

सुर्खेत– चिङ्गाड गाउँपालिका—३, चिउडुवामा बसले किचेर आज एक किशोरीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार सुर्खेतदेखि जाजरकोटको शिवालय जाँदै गरेको लु १ ख ४८२३ नम्बरको यात्रुवाहक बसले किच्दा दैलेखको डुङ्गेश्वर गाउँपालिका—४, अवलपराजुलकी १४ वर्षीया कमला बुढाको घटनास्थलमै मृत्यु भएको हो ।

 उकालोमा बढी चाप धान्न नसकेर पछाडि गुडिरहेको अवस्थामा अत्तालिएर ढोकाबाट हाम फाल्दा बुढाको सोही बसको चक्काले किचेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिए । घटनास्थलमा प्रहरी पुगेर थप अनुसन्धान शुरु गरिसकेको छ । 

त्यस्तै आइतबार राति पूर्वी सुर्खेतको सिम्ता गाउँपालिका—६, लिसीडाँडामा लक्ष्मी पूजाका अवसरमा बालिएको मैनबत्तीको आगोबाट स्थानीय कुमार दमाईको घर जलेर करीब रु। एक लाख ५० हजारबराबरको सम्पत्ति क्षति भएको प्रहरीले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप