बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

चितुवाको आक्रमणबाट फेरि बालकको मृत्यु, कम्मरमुनिको आधा भाग खाएको अवस्थामा शव फेला

मङ्गलबार, १२ कात्तिक २०७६, ०९ : १५
मङ्गलबार, १२ कात्तिक २०७६

दमौली । तनहुँको भानु नगरपालिका–२ फुस्रेटारमा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने सात वर्षीय ऋतिक रोका रहेका छन् ।

    घरकै आँगनमा खेलिरहेका बेला चितुवाको आक्रमणमा परी सोमबार राति बालकको मृत्यु भएको तनहुँ जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए ।  चितुवाले बालकको कम्मरमुनिको आधा भाग खाएको थियो । बालकको शव घरभन्दा १०० मिटरमाथिको जङ्गलमा भेटिएको थियो ।

मजदुरी गर्दै आएका मृतकका बुबा राजु  विगत पाँच÷छ वर्षदेखि बेपत्ता भएको सोही नगरपालिकाका वडाध्यक्ष अर्जुनबहादुर केसीले जानकारी दिए ।  “घरमा कोही पनि नभएको अवस्थामा चितुवाले बालकलाई आक्रमण गरेर लगेको हुनसक्छ”, उनले भने, “बालक घरमा नभेटिएपछि खोजतलास गर्दा मृतावस्थामा फेला परेका थिए  ।”

    सोमबार बिहान मात्रै सोही नगरपालिका–३ स्थित एक सामुदायिक वनमा थापिएको खोरमा परेर एक चितुवा नियन्त्रणमा आएको थियो । चितुवाको आक्रमणबाट वडा नं १, २, ३ र ४ मा डेढ वर्षको अवधिमा छ बालबालिकाको मृत्यु भइसकेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप