केन्द्रीय संस्करण
सन्दर्भ : नेपाल सम्वत् र नेपालभाषा आन्दोलन

जब 'फूलको आँखा'का सर्जकले गाए आगोका गीत

सन्दर्भ : नेपालभाषा आन्दोलन र नेपालसम्वत्

person explore access_timeकात्तिक १२, २०७६ chat_bubble_outline0

‘फूलको आँखामा फूलै संसार’ भनी लेख्ने कविले जीवनमा फूल मात्रै देखेनन्, कैयौं काँडा पनि देखे । बिझाइहरू भोगे । दुखाइले रोए, रिसाए, कराए । ती रोदनका आँसु पनि गीत भएर बगे । रिस पनि कविता भएर उम्लिए । कविले कविताबाटै आफ्ना असहमति जनाए, विरोधका ज्वालाहरू ओकले ।

मनको गहिराइमा परेका चोटको दुखाइ, पोलाइबाट भरिएका भावनाहरू मातृभाषामा नै सहज छचल्किन सक्छन् । त्यसैले उनको त्यो पक्षसँग नेवार समुदाय मात्र परिचित रह्यो । नेपाल सम्वत्‌काे ‘न्हूदँ’मा गाइने अधिकांश गीतहरू उनैका रचना हुन्छन् । भाषिक/जातीय आन्दोलनका कार्यक्रम र जुलुसहरू पनि धेरैजसो दुर्गालालकै गीत बजाउँदै अघि बढ्छन् ।

*******

मनको गहिराइमा परेका चोटको दुखाइ, पोलाइबाट भरिएका भावनाहरू मातृभाषामा नै सहज छचल्किन सक्छन् । त्यसैले उनको त्यो पक्षसँग नेवार समुदाय मात्र परिचित रह्यो । नेपाल सम्वत्‌काे ‘न्हूदँ’मा गाइने अधिकांश गीतहरू उनैका रचना हुन्छन् ।

*******

कवि दुर्गालाल श्रेष्ठ रचित जातीय चेतनाको पहिलो गीत उनको सबभन्दा जेठो पुस्तक ‘झसुका’ (ने. सं १०७७) मा भेटिन्छ । त्यो भनेको छ दशकभन्दा अघिको कुरा हो, जुनबेला दुर्गालाल भरखरै एकाइस वर्षका युवा थिए । ‘झसुका’ अर्थात् ‘उव्छास’ एउटा कलिलो युवाको बिलौनाले भरिएका प्रेमविरहका गीति–कविताहरूको सङ्ग्रह हो । तर त्यसको अन्तिम कविता भने नेपाल सम्वत्‌काे सन्दर्भमा लेखिएको छ, जुन जातीय चेतनाले रंगिएको छ—

न्हू दँ,कं हुँ छं साख्वायात
जिमिगु थ्व हे न्हू सन्देश—
जर जर हे तिनि जिमि तन,म्हपुजा
यासां द्वःछि व न्हय्न्हय्क !!’

यसको भावार्थ हुन्छ, अय् नयाँ वर्ष पुर्‍याइदेऊ साख्वाः समक्ष यो सन्देश— हजार सतहत्तर पल्ट म्हपूजा गरिसक्दा पनि अझै जर्जर नै छ हाम्रो शरीर ।

नेपाल सम्वत्‌काे नयाँ वर्षमा दुर्गालालकै गीत बेसी बज्छन् । हरेक सालजस्तै यस न्हूदँमा पनि उनको गीत गुञ्जने नै छ—

झीगु खः नेपालसम्वत धैगु राष्ट्रिय भावना
झी नुगःदुने झलल खय् मा न्हूदँया शुभकामना

गन दु थीथी जाति स्वांया नित्य मगमग वासना
लुइ कपं हिसि दय्क च्वय् अन रंग सकतां माः हनाः

यसको भावार्थ हुन्छ, हाम्रो हो नेपालसम्वत् भन्ने राष्ट्रिय भावना झल्कियोस् है हाम्रो मनमा यही नै नव वर्षको शुभकामना । जहाँ हुन्छ अनेक जातिका फूलको मगमग वासना, रंगरंगका माला गाँसी सुन्दर इन्द्रधनु लर्किन्छ त्यहाँ ।

*******

हाम्रो हो नेपालसम्वत् भन्ने राष्ट्रिय भावना झल्कियोस् है हाम्रो मनमा यही नै नव वर्षको शुभकामना । जहाँ हुन्छ अनेक जातिका फूलको मगमग वासना, रंगरंगका माला गाँसी सुन्दर इन्द्रधनु लर्किन्छ त्यहाँ ।

*******

दुर्गालालले भाषिक/ जातीय असामानता विरुद्ध गीतहरू प्रायः साहित्यिक, साँस्कृतिक कार्यक्रमहरूको लागि लेखेका हुन् । कार्यक्रमको लागि गीतको खाँचो हुन्छ । अनि आयोजक, कलाकारहरू उनको घरमा धाउँछन् । उनलाई भेटेपछि आफूलाई चाहेजस्तो गीत एकै बसाइमा पाउँछन् ।

यसरी नेपालभाषाका विभिन्न कार्यक्रममा गाइएका भाषिकरजातीय समान अधिकारका मात्र गीतहरू समेटेर ने. सं. १०८८ (२०२५ साल) मा ‘सर्गःसिबे नं धरती नमिं ग्वाः’ (आकाशभन्दा धरती राँकिएको छ) पुस्तक हितकरबीर सिंहको सम्पादनमा प्रकाशित भयो । सम्पादकले हरेक गीत कहाँ कुन कार्यक्रममा प्रस्तुत भएका हुन् उल्लेख गरेका छन् । हुन त दुर्गालालका आधासयभन्दा बढी प्रकाशित पुस्तकहरूमा त्यस्तो पुस्तक बिरलै मात्र होला जसमा भाषिकरजातीय अधिकारको पक्षमा रचेका कविता वा गीत नरहेको होस् । बालगीतकै सङ्ग्रहमा पनि उनले लेख्छन्—

चखुंचा चिर्चिर, बखुंचा घुर्घुर
क्वःचां क्वाःक्वाः याइ
झंगः जूसां चखुं, बखुं
बोलिं यानाः पाइ

यसको भावार्थ हुन्छ, ‘चिर्चिर गर्छ भँगेरा, घुर्घुर गर्छ परेवा, काग कराउँछ काऽकाऽ । पंक्षी भए पनि चराचुरंगीका आ–आफ्नै बोली हुन्छन् ।’ यसरी बालगीतमै पनि सरल भाषामा भाषिक विविधताको पक्षमा अभिव्यक्त गर्नसक्ने कवि हुन् — दुर्गालाल ।

पूर्वजको प्रभाव

भाषिक र जातीय असमानता हरेक कविलाई पिरोल्ने विषय हो । शताव्दीपुरुष सत्यमोहन जोशीका अनुसार काठमाडौंमा भाषा आन्दोलन नेपालभाषाका महाकवि सिद्धिदासबाट १५० वर्षअघि थालनी भएको हो । नेवारका हरेक भाषिक वा जातीय कार्यक्रममा देखिने “भाषा म्वाःसा जाति म्वाइ” (भाषा बाँचे, जाति बाँच्छ) भन्ने लोकप्रिय नारा महाकविले नै दिएका हुन् ।

भाषिक र जातीय असमानता हरेक कविलाई पिरोल्ने विषय हो । शताव्दीपुरुष सत्यमोहन जोशीका अनुसार काठमाडौंमा भाषा आन्दोलन नेपालभाषाका महाकवि सिद्धिदासबाट १५० वर्षअघि थालनी भएको हो । नेवारका हरेक भाषिक वा जातीय कार्यक्रममा देखिने “भाषा म्वाःसा जाति म्वाइ” (भाषा बाँचे, जाति बाँच्छ) भन्ने लोकप्रिय नारा महाकविले नै दिएका हुन् ।

*******

नेपालसम्वत्, नेपालभाषा र जातीय अधिकारको आन्दोलन मुख्यतः साहित्यिक व्यक्तित्वहरूकै नेतृत्वमा सञ्चालित छन् । लेखकहरू अधिकारप्रति बढी सचेत र सम्वेदनशील हुनेभएकोले हो वा भाषिक अधिकारको अभावमा लेखन–प्रकाशन कुण्ठित हुनेभएकोले हो, अधिकारको आन्दोलनमा साहित्यिकहरू नै बढी सरीक भएको पाइन्छ ।

राणा शासनको भयावह दमनको अवस्थामा लेखनमार्फत् नै चेतना जगाउने कार्यमा महाकवि सिद्धिदास, जगतसुन्दर मल्ल, धर्मादित्य धर्माचार्य, योगवीरसिंह आदि लागे भने त्यसपछि चित्तधर हृदय, सिद्धिचरण श्रेष्ठ, फत्तेबहादुर सिंह, धर्मरत्न यमि, प्रेमबहादुर कंसाकार आदिले निरन्तरता दिए । यिनमा कैयौंले नेपालभाषामा लेखेकै बापत सर्वस्वसहित जन्मकैद भोगे । शुक्रराज शास्त्री (जोशी) त शहिदै भए ।

शुक्रराज शास्त्री अन्य तीन शहिदजस्तो राजनीतिक व्यक्तित्व थिएनन् । उनी नेपालभाषा पुनर्जागरणका एक अगुवा तथा मातृभाषी लेखक थिए । उनले नेपालभाषा रीडर, नेपालभाषा व्याकरण र नेपाली वर्णमाला प्रकाशनमा ल्याएका थिए । उनलाई मृत्युदण्ड दिनुको कारण राजनीतिक थिएन, बरु कारण बनेको थियो— सामाजिक सुधार र भाषिक विकासको लागि उनले गरेको अथक प्रयास ।

*******

शुक्रराज शास्त्री अन्य तीन शहिदजस्तो राजनीतिक व्यक्तित्व थिएनन् । उनी नेपालभाषा पुनर्जागरणका एक अगुवा तथा मातृभाषी लेखक थिए । उनले नेपालभाषा रीडर, नेपालभाषा व्याकरण र नेपाली वर्णमाला प्रकाशनमा ल्याएका थिए । उनलाई मृत्युदण्ड दिनुको कारण राजनीतिक थिएन, बरु कारण बनेको थियो— सामाजिक सुधार र भाषिक विकासको लागि उनले गरेको अथक प्रयास ।

घाउको क्रन्दन

दुर्गालाल पनि एक लेखक हुन्, कवि हुन् । आफ्ना अग्रज र समकालीन कवि–लेखकहरूको प्रभावले पनि उनीभित्र भाषाप्रेम अंकुरायो होला । अनि पाइला पाइलामा दमन र विभेद झेल्दै जाँदा त्यो भाषाप्रेमको भावना झनझन उत्कर्षमा पुग्दै गयोहोला । दुर्गालालकै कवितासङ्ग्रह याकःफल्चा (ने. सं. ११०७) को भूमिकामा मल्ल के. सुन्दर लेख्छन्, “भाषिक समस्यालाई साहित्यमा धेरैभन्दा धेरै ठाउँ दिने अग्रज साहित्यकार वहाँ नै हो नभनी सुखै छैन । दुर्गालालमा जति भाषिक मोहको सुगन्ध र विद्रोह अरू कुनै पनि समकालीन कविहरूमा छैन भन्दा पनि हुन्छ । बरु वहाँको प्रभावमा अरू नयाँ टुसा पलाउन थालेको देख्नसकिन्छ ।” यो निश्चय पनि हो कि नेपालभाषामा भाषिक र जातीय अधिकारका गीतको ठेलीबाट दुर्गालालका गीत झिकिदिने हो भने त्यो धेरै पातलो हुने छ ।

*******

मल्ल के. सुन्दर लेख्छन्, “भाषिक समस्यालाई साहित्यमा धेरैभन्दा धेरै ठाउँ दिने अग्रज साहित्यकार वहाँ नै हो नभनी सुखै छैन । दुर्गालालमा जति भाषिक मोहको सुगन्ध र विद्रोह अरू कुनै पनि समकालीन कविहरूमा छैन भन्दा पनि हुन्छ । बरु वहाँको प्रभावमा अरू नयाँ टुसा पलाउन थालेको देख्नसकिन्छ ।”

*******

प्रजातन्त्रपछि २०५४ सालमा काठमाडौं र जनकपुर नगरपालिकाले नेपाली भाषाको अतिरिक्त क्रमशः नेपालभाषा र मैथिलीलाई पनि कामकाजको भाषाको रूपमा मान्यता दिएका थिए । तर सो विरुद्ध सर्वोच्चमा रिट पर्‍यो । जब २०५६ जेठ १८ मा सर्वोच्च अदालतले सो मान्यतालाई असंवैधानिक भनी खारेज गर्‍यो, त्यसबेला ‘सर्गःसिबे नं धरती नमिं ग्वाः’का गीतहरू एफ. एम. रेडियोका नेपालभाषा कार्यक्रमहरूमा लगातार बजेका थिए । त्यसमा बढी घन्किएको गीत थियो—

घाः जुयाः जक ख्वैगु खः झी स्याःगुलिं सः तैगु खः
झी मसीनि, झी मसीनि धैगु चिं जक ब्वैगु खः
धा, थ्व हे इन्साफ खःला अय् थुवाः इन्साफया
स्याःनुगः ख्वय्वं छु ज्वी सो प्वीकि पौ इतिहासया

यसको भावार्थ हुन्छ, ‘घाउ लागेकोले मात्र रोएका हौं, दुखेकोले चिच्याएका हौं । हामी मरेका छैनौं भन्ने संकेत मात्र गरेका हौं । के यही इन्साफ हो र, अय् इन्साफका मालिक ? दुखेका मन रोएपछि के हुन्छ, इतिहासका पाना पल्टाई हेर ।’

बाइस सालको आन्दोलन

२०२२ सालको आन्दोलनको क्रममा एउटा सभामा बोल्दै कवि दुर्गालाल श्रेष्ठ

वास्तवमा दुर्गालालले सो गीत २०२२ सालमै रचना गरिसकेको थियो । बाइस सालमा रेडियो नेपालबाट प्रसारित भइरहेको एक मात्र नेपालभाषाको कार्यक्रम ‘जीवन दबू’ दरबारको आदेशमा बन्द गरियो । यसबाट काठमाडौंको नेवार समुदाय क्रुद्ध भई उर्लेका थिए । प्रतिकृयास्वरूप दैनिक विरोधका कार्यक्रमहरू हुन्थे जसमा जनसमुदायको बाक्लो उपस्थिति हुन्थ्यो । नेवारहरू त्यसलाई ‘बाइस सालको आन्दोलन’ भनी सम्झन्छन् । ‘घाः जुयाः जक ख्वैगु खः’ गीत पनि त्यसैको एउटा क्रममा काठमाडौंको महाबौद्धमा भएको नेपालभाषा साहित्य गोष्ठीमा प्रस्तुत भएको थियो । त्यसबेला ‘इन्साफका मालिक’ भनेर दरबारतिर इंगित गरिएको थियो, जुन अधिकार २०५६ सालसम्म आउँदा सर्वोच्च अदालतमा सरेको थियो ।

*******

बाइस सालमा रेडियो नेपालबाट प्रसारित भइरहेको एक मात्र नेपालभाषाको कार्यक्रम ‘जीवन दबू’ दरबारको आदेशमा बन्द गरियो । यसबाट काठमाडौंको नेवार समुदाय क्रुद्ध भई उर्लेका थिए । प्रतिकृयास्वरूप दैनिक विरोधका कार्यक्रमहरू हुन्थे जसमा जनसमुदायको बाक्लो उपस्थिति हुन्थ्यो । नेवारहरू त्यसलाई ‘बाइस सालको आन्दोलन’ भनी सम्झन्छन् ।

*******

कवि सुरेश किरणले गणतन्त्रपछिको एउटा कार्यक्रममा के भनेका थिए भने जेठ १५ (गणतन्त्र दिवस) भन्दा अघि जेठ १८ (भाषिक कालो दिवस) आएको थियो । अर्थात् त्यही जेठ १८ को अदालतको निर्णयको कारण नेपालका भाषिक समुदायहरूलाई तत्कालीन संविधानप्रति वितृष्णा जागेको थियो ।

राजाविरोधीलाई धरपकड

‘सर्गःसिबे नं धरती नमिं ग्वाः’ विद्रोहका कविताहरूको सङ्ग्रहमा २०१८ सालमा प्रस्तुत भएको एउटा गीत छ । त्यसबेला २०१७ सालको राजा महेन्द्रको राजनीतिक ‘कू’को विरुद्ध कार्यक्रमहरू हुने गर्थे । त्यसै सिलसिलामा पद्मकन्या विद्यालयको एउटा कार्यक्रममा उनले सुनाएको एउटा गीतको लागि तत्कालीन प्रशासन धरपकडमा लागे । हितकरवीरसिंह कंसाकार र सूर्यबहादूर पिवा त थुनामै परे । तर उनी गुप्तचरलाई छलेर भूमिगत भए । सो गीतमा एउटा यस्तो हरफ थियो—

विश्वया थ्व थाय् छकू थपाय्सकं क्वह्यंगु छाय्
थन मनूत सृष्टियागु अःखतं न्ह्यज्याःगु छाय्
जन–जनैगु मे अथें, थ्व धर्तियागु मे अथें
एक व्यक्तिया पुजाय् मनूत लीन जूगु छाय्

कवि स्वयंद्वारा गरिएको अनुवाद यस्तो छ—

विश्वमाझ मात्र यै थलो अहो गिर्‍यो किन
सृष्टिकै विलोममा मनुष्य हा हिँड्यो किन
“जय जनै” न जप्छ क्वै, न नाम लिन्छ धर्तीकै
एक व्यक्ति पुज्नुमै मनुष्य लट्ठियो किन

*******

यहाँ ‘एक व्यक्ति’ भनी राजालाई इंगित गरिएको ठहरियो । बि. सं. २०२५ सालमा ‘सर्गःसिबे नं धरती नमिं ग्वाः’ प्रकाशित हुँदा तत्कालीन प्रशासनले सम्पूर्ण पुस्तक जफत गरेको थियो । लेखक र सम्पादक थानामा पुर्‍याइए । पछि समाजसेवी दयावीरसिंह कंसाकारको मध्यस्थतामा आपत्तिजनक भनिएको गीतको पन्ना च्यात्नलगाएर मात्र पुस्तक फिर्ता गरियो ।

*******

यहाँ ‘एक व्यक्ति’ भनी राजालाई इंगित गरिएको ठहरियो । बि. सं. २०२५ सालमा ‘सर्गःसिबे नं धरती नमिं ग्वाः’ प्रकाशित हुँदा तत्कालीन प्रशासनले सम्पूर्ण पुस्तक जफत गरेको थियो । लेखक र सम्पादक थानामा पुर्‍याइए । पछि समाजसेवी दयावीरसिंह कंसाकारको मध्यस्थतामा आपत्तिजनक भनिएको गीतको पन्ना च्यात्नलगाएर मात्र पुस्तक फिर्ता गरियो ।

आन्दोलनका उपलब्धि

राणाकालदेखि आजसम्म भाषिक आन्दोलनले निरन्तरता पाइरहनु नै आफैंमा ठूलो उपलब्धि हो, तर शासन व्यवस्थाहरूमा पटकपटक आएको परिवर्तनपछि पनि कुनै ठोस परिणाम अहिलेसम्म प्राप्त भएको छैन, केही सांकेतिक प्राप्तिबाहेक । यसबाट दुर्गालाल आजित हुन्छन् । उनको जीवनीमा शोध गर्ने क्रममा उनले यस पंक्तिकारलाई बताउँछन्,

“कतिपय मानिसले मलाई भन्नथालेका छन्, ‘तिमी किन राज्य पुनरसंरचना भनेर लाग्नुप¥यो । विभेद हुँदो हो त तिमीलाई मीडियाले लिने नै थिएन ।’ तिनका कुरा सुनेर अचम्म हुन्छु । मलाई मीडियाले लिएको त नेपालीमा पनि केही लेखेकोले हो, न कि मातृभाषाका लेखक भनेर । मेरो भाषाप्रति जुन विभेद छ त्यो व्यवहारमा किञ्चित पनि फरक भएको छैन ।”

हुन त यस्तो हुनुमा नेवार अधिकारकर्मीहरूकै पनि कमजोरी छन् । कैयौं आन्दोलनहरू राजनीतिले गर्दा नै बीचैमा तुहे । पञ्चायत कालमा ‘बाइस सालको आन्दोलन’ भव्यताका साथ चलेको थियो । अपूर्व जनसहभागितासँगै दिनहुँ साहित्यिक, सांस्कृतिक कार्यक्रम चलिरहेका थिए । यसरी दिनदिनै बढिरहेको आन्दोलन विस्तारै सेलाउँदै गयो । त्यसको कारण थियो, आन्दोलनका नेताहरू प्रजातान्त्रिक र प्रगतिशील खेमामा विभाजित हुनु ।

*******

पञ्चायत कालमा ‘बाइस सालको आन्दोलन’ भव्यताका साथ चलेको थियो । अपूर्व जनसहभागितासँगै दिनहुँ साहित्यिक, सांस्कृतिक कार्यक्रम चलिरहेका थिए । यसरी दिनदिनै बढिरहेको आन्दोलन विस्तारै सेलाउँदै गयो । त्यसको कारण थियो, आन्दोलनका नेताहरू प्रजातान्त्रिक र प्रगतिशील खेमामा विभाजित हुनु ।

*******

त्यसै गरी २०४६ सालको प्रजातन्त्रपछि पनि पटकपटक काठमाडौंका नेवारहरू भाषिक समान अधिकारको लागि जुर्मुराएका थिए । तर केही प्रतीकात्मक उपलब्धि हासिल हुँदै मूल मुद्दाबाट भट्केर आन्दोलनबाट विश्राम लिने प्रवृत्ति रह्यो । यसरी अहिलेसम्मका आन्दोलनहरू थोरै कमाएर, धेरै गुमाएर फच्चे भए ।

शंखधरको करामत

यस्तो हुँदै पनि समृद्ध तर उपेक्षित जातिको रूपमा बाँच्नुको पीडा नेवार जातिमा फेरि फेरि बल्झि नै रहन्छ । यो शंखधरको देन नै होला कि बर्षैभरि बिर्से पनि नेपालसम्वत्को नयाँ वर्षको दिन त्यो चेतना विशेष प्रकट हुन्छ । एकदिन भए पनि आफ्नो अधिकारको सम्झनाले उनीहरूलाई झस्काउँछ । त्यसैले उनीहरू नयाँ वर्षको उमंगमा मनभित्रका रोषहरू हर्षोल्लासभित्रै लुकाएर प्रकट गर्छन् ।

*******

समृद्ध जाति भईकन पनि उपेक्षित अर्थात् राज्यको बहिष्करणमा परेको भाषा बोल्ने भई बाँच्नु पर्दा त्यो उपेक्षाले मेरो मन दुख्छ, पोल्छ । मैले मन दुखाउने होइन, तर मानिस भएकै कारण मेरो अन्तर त्यसै त्यसै रुन्छ ।

*******

सर्वसाधारणमा त यस्तो छ भने कविहरूमा त मुटुको हरेक धडकनमै त्यो पीडा भइरहन्छ । पंक्तिकारले दुर्गालालको जीवनीमा शोधग्रन्थ तयार गर्दा उनले पोखेको मनको बहको सानो अंश यहाँ प्रस्तुत गर्दछु—

“उपक्षेति जातिको रूपमा बाँच्नुपर्ने समाजको म सदस्य हूँ । समृद्ध जाति भईकन पनि उपेक्षित अर्थात् राज्यको बहिष्करणमा परेको भाषा बोल्ने भई बाँच्नु पर्दा त्यो उपेक्षाले मेरो मन दुख्छ, पोल्छ । मैले मन दुखाउने होइन, तर मानिस भएकै कारण मेरो अन्तर त्यसै त्यसै रुन्छ । त्यस्तो बेला मनमा अटेसमटेस हुनेगरी अनेक भावनाहरू उम्लिरहेका हुन्छन् । तिनलाई पोख्ने माध्यम नै गीत भइदिन्छ । अनि पीडाले भरिएको मन गाउनपुग्छ—

सी अथें छाय् स्याय्वतुं भाय् जातिया खः ज्यान थ्व”

सो गीतको कविबाटै भएको नेपाली अनुवाद यस्तो छ—

मर्छ किन भाषा त्यसै ए
ज्यान हो यो जातिकै
मगमगाउँछ यो त हरदम
नाम जप्दै राष्ट्रकै

हैन त्यो देशै, जहाँ छ
फूल फुल्नै वञ्चित
शान्ति होस् पनि त्यो त मुर्दा
शान्ति हो दुर्गन्धित
उठ्छ तर विद्रोह उठ्छ
दमन जब चर्किन्छ है
बाँच्नुको आधार हाम्रो
हो यही विश्वास हो

ए मगर, तामांग, मैथिल,
लिम्बु ए नेवार हो
हे उपेक्षित जाति सारा
लड्न लौ तयार ह्वौ
हैन, यौटै जातिको यो 

देश पेवा हैन है
मार्नु भाषा हो सरासर
रेट्नु घाँटी देशकै

२०७३ सालमा दुर्गालालको ठमेलस्थित घरमा आगलागी भयो । यसबाट करोडौंको क्षति हुनुको साथै विभिन्न संघसंस्थाबाट प्राप्त सम्मानका चिनोहरू र कविताका केही पाण्डुलिपि पनि नष्ट भए । आगलागिपछि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल दुर्गालाललाई भेट्न गए । भेटको क्रममा दाहालले उनलाई सरकारको तर्फबाट केही सहयोग गर्नसकिन्छ कि भनी सोधे । दुर्गालालले यति मात्रै जवाफ दिए, “तपाईंकै नेतृत्वकालमा भाषिकरजातीय समान अधिकार प्राप्त भएको हेर्नपाइयोस् ।”

(आर. मानन्धर नेपालभाषाका लेखक हुनुका साथै दुर्गालाल श्रेष्ठको जीवनीकार र कृतित्वका शोधार्थी पनि हुन् ।)

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...