मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

सिंगापुर पढ्न गए गगन थापा

मङ्गलबार, १२ कात्तिक २०७६, २० : ४६
मङ्गलबार, १२ कात्तिक २०७६

काठमाडौँ–नेपाली काँग्रेसका नेता गगन थापा अध्ययनका लागि सिंगापुर पुगेका छन् ।

 उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफू शहरी क्षेत्रको यातायात, स्वास्थ्य र आवास क्षेत्रलाई कसरी दिगो र व्यवस्थित बनाउने भन्ने विषयमा अध्ययनका लागि सिंगापुर पुगेको जानकारी दिएका हुन् । 

सिंगापुरको नानयाङ टेक्नोलोजिकल विश्वविद्यालयमा विद्यार्थीका रुपमा एक साता रहने र त्यहाँ रहँदा शहरको यातायात, स्वास्थ्य र आवास क्षेत्रलाई दीगो र व्यवस्थित बनाउन सूचना प्रविधिको उपयोग लगायतका विषयमा अध्ययन गर्ने थापाले जानकारी दिए । 

वर्ल्ड इकोनोमिक फोरमको छात्रवृत्तिमा अध्ययनका लागि उनी त्यहाँ पुगेका हुन् । केही महिना पहिले थापाले अमेरिकाको हावर्ड विश्वविद्यालयस्थित हार्वर्ड केनेडी स्कुलमा छोटो अवधिको ‘एक्काइसौं शताब्दीको लागि विश्वव्यापी नेतृत्व र सांर्वजनिक प्राशसन’ शीषकको कोर्स गरेका थिए । 

थापाले सिंगापुरमै नेपाली चेलीको हातबाट तिहारको टीका लगाएको पनि जनाएका छन् । उनले ट्वीटरमा लेखेका छन्, ‘कस्तो सुखद संयोग! अध्ययनको लागि सिगांपुरमा आउँदा पनि भाइटीका छुटेन। यही बसोबास गरेर बसेकी बहिनी निर्मला नकर्मी  चान सँग भाइटीका । ३० वर्ष देखि भाइटीका लगाइरहेको बहिनीसँग आज भने सिगांपुरे तरिकामा भाइटीका ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप