बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

११ जुवाडे नियन्त्रणमा

मङ्गलबार, १२ कात्तिक २०७६, २१ : ५१
मङ्गलबार, १२ कात्तिक २०७६

पोखरा महानगरपालिका–९ बास्तोलाथरमा आज जुवातासमा संलग्न सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

स्थानीयवासी रत्नमान गौचनको घर भाडामा लिई जनप्रिय थकाली भान्सा घर सञ्चालन गर्दै आएका प्रकाश शेरचनले अवैध जुवातास खेलाएको भन्ने सूचनाका आधारमा प्रहरीले रु ३२ हजार ४३० नगद र ताससहित सात जनालाई नियन्त्रणमा लिएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक दीपक रेग्मीले जानकारी दिए ।

त्यस्तै सोमबार पोखरा महानगरपालिका–५ प्रस्याङ्गबाट रु ३९ हजार २०० नगद र ताससहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । स्थानीयवासी रुद्रबहादुर केसीको घरमा जुवातास खेलाइएको भन्ने सूचनाका आधारमा पुगेको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप