शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री ओली अस्वस्थ

बुधबार, १३ कात्तिक २०७६, ११ : ३८
बुधबार, १३ कात्तिक २०७६

काठमाडौँ– प्रधानमन्त्री केपी ओली अस्वस्थ भएका छन् । ओली अस्वस्थ भएपछि उनलाई काठमाडौको ग्राण्डी अस्पताल लगिएको छ । प्रधानमन्त्री ओलीलाई बुधबार बिहान १० बजे ग्राण्डी अस्पताल लगिएको हो । 

प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालका अनुसार नियमित स्वास्थ्य जाँचका लागि प्रधानमन्त्रीलाई अस्पताल लगिएको हो । सल्लाहकार अर्यालले स्वास्थ्य परीक्षणपछि आजै प्रधानमन्त्री बालुवाटार फर्कने बताएका छन् । 

यसअघि प्रधानमन्त्रीको नियमित स्वास्थ्य जाँच त्रिवि शिक्षण अस्पताल परिसरको मनमोहन कार्डियो थेरासिस भासकुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा हुँदै आएको थियो । बीचमा एक पटक ओली वीरेन्द्र सैनिक अस्पतालमा पनि स्वास्थ्य परीक्षणका लागि पुगेका थिए । 

प्रधानमन्त्री ओलीको यसअघि सिंगापुरमा प्लाज्मा फेरोसिस गरिएको थियो । उनको सिंगापुरमा ६ पटक प्लाज्मा फेरोसिस गरिएको थियो ।

सिंगापुरमा प्लाज्मा फेरोसिस गरेर ओलीको शरीरमा जम्मा भएको एन्टी बडी नष्ट गरेर उनी गत भदौ २० गते काठमाडौं फर्किएका थिए । सिंगापुरमा ओलीको उपचारका क्रममा मुटुमा राखिएको पाइप महाराजगञ्जस्थित शिक्षण अस्पतालमा झिकिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप