शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लगनखेलमा १९ वर्षीया युवती बलात्कृत, काँग्रेस नुवाकोटका युवा नेता समातिए

बुधबार, १३ कात्तिक २०७६, १४ : ३१
बुधबार, १३ कात्तिक २०७६

ललितपुर ।  एक १९ वर्षीया युवतीलाई बलात्कार गरेको अभियेगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट ओखरपौवाका ज्ञानेन्द्र गजुरेल रहेका छन् । 

उनी नेपाली काँग्रेस नुवाकोटका आमन्त्रित जिल्ला सदस्य रहेको बताइएको छ । उनलाई नेपाली काँग्रेस नुवाकोटका सभापति जनदीश्वरनरसिंह केसीले गत मंसिरमा आमन्त्रित सदस्यमा मनोनित गरेका थिए । 

त्यतिबेला केसीले गजुरेलसहित ८७ जनालाई आमन्त्रित सदस्यमा मनोनयन गरेका थिए । 

महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राइका अनुसार गजुरेल नयाँ बसपार्कबाट कात्तिक ३ गते नै जबरजस्ती करणीको आरोपमा पक्राउ परेका हुन् । गजुरेलमाथि थप अनुसन्धान भइरहेको पनि राईले जानकारी दिए । 

प्रहरीका अनुसार गजुरेलले लगनखेलस्थित साथीको कोठामा ती युवतीलाई लगेर जबरजस्ती करणी गरेको आरोप छ । 

बलात्कारबारे उजुरी परेपछि खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप