मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

तिहारमा जुवाडेविरुद्ध आक्रामक प्रहरी :  विभिन्न स्थानबाट १ सय १४ जना पक्राउ

बुधबार, १३ कात्तिक २०७६, २१ : २५
बुधबार, १३ कात्तिक २०७६

काठमाडौं – तिहारको छेको पारेर देशको विभिन्न स्थानबाट जुवा तास खेल्ने कार्यमा संलग्नलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  शंखरापुर नगरपालिका(६ सिर्जनसिल संस्थाको छाप्रोमा कौडा खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने श्रीकृष्ण डंगोलसमेत ६ जनालाई नगद ३४ हजार २ सय ८५ रुपैयाँ र १६ थान कौडा सहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

यसैगरी कीर्तिपुर नगरपालिका(३ ढाल्पामा कौडा खेलिरहेको अवस्थामा ३८ जनालाई नगद १५ लाख ५४ हजार ६ सय रुपैयाँ र १६ थान कौडा सहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

यसैगरी काठमाडौं महानगरपालिका(३२ बस्ने २६ वर्षीय दिपक धितालको बिएण्डडी क्याफेमा जुवातास खेलिरहेको अवस्थानमा संचालक धिताल लगायत ८ जनालाई नगद ६३ हजार ५ सय रुपैयाँ र ३ बुक तास सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

यसैगरी भक्तपुर नगरपालिका(९ सूर्यमणिमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४७ वर्षीय रामगोपाल प्रजापती लगायत ७ जनालाई नगद १ लाख २५ हजार ८ सय ६५ रुपैयाँ र १ बुक तास सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

लमजुङको बेशीशहर नगरपालिका(११ चितिस्थित सूर्यसिंह क्षेत्रीको कुखुरापालनको लागि बनाइएको टहरामा कौडा खेलिरहेको अवस्थामा २५ जनालाई नगद २ लाख १६ हजार ४ सय ३० रुपैयाँ र ३२ थान कौडा सहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

कास्कीको पोखरा महानगरपालिका(१७ सांग्रिला चोक बस्ने बिजयप्रसाद आचार्यको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका बिरौटा बस्ने ५८ वर्षीय शिव जी बराल लगायत १० जनालाई पनि नगद १ लाख २४ हजार ९ सय ५५ रुपैयाँ, कौडा र तास सहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

मोरङको बिराटनगर महानगरपालिका(८ स्थित कौडा खेलिरहेको अवस्थामा १० जनालाई नगद २ लाख १० हजार ६ सय १० रुपैयाँ र १६ थान कौडा सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । 

यसैगरी मोरङको बिराटनगर महानगरपालिका(३ स्थित कौडा खेलिरहेको अवस्थामा १० जनालाई ४ लाख ४९ हजार ६ सय ३५ रुपैयाँ र १६ थान कौडा सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ । 

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप