शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

२०७६ साल कात्तिक १४ गतेको राशिफल हेर्नुहोस्

बिहीबार, १४ कात्तिक २०७६, ०८ : ४२
बिहीबार, १४ कात्तिक २०७६

वि.सं.२०७६ साल कात्तिक १४ गते । बिहीबार । ईश्वी सन् २०१९ सेप्टेम्बर ३१  तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४१ । कार्तिक शुक्लपक्ष । तिथि चतुर्थी, ५५ घडी २५ पला, रातको ०४ बजेर २४ मिनेट उप्रान्त पंचमी । नक्षत्र ज्येष्ठा, ४८ घडी २६ पला, रातको ०१ बजेर ३६ मिनेट उप्रान्त मूल । योग शोभन, २० घडी १० पला, दिउँसो ०२ बजेर १८ मिनेट उप्रान्त अतिगण्ड । करण वणिज, बेलुकी ०४ बजेर ४२ मिनेट उप्रान्त भद्रा, रातको ०४ बजेर २४ मिनेट उप्रान्त बव । आनन्दादिमा काल योग । चन्द्रराशि बृश्चिक,रातको ०१ बजेर ३७ मिनेट उप्रान्त धनु । 

काठमाडौंमा सूर्योदय ०६ बजेर १४ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर १९ मिनेट । दिनमान २७ घडी ४३ पला ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) काम गर्दा ख्याल गर्नुहोला, शुरु गरेका कामहरु बिग्रने तथा आर्थिक भार पर्नेछ । व्यापारमा लगानी  गरे पनि आम्दानी नहुने हुनाले दैनिक गुजारा ऋण लिएर चलाउनु पर्ने बाध्यता आउनेछ । प्रणय सम्बन्धमा चिसोपनको सुरुवात हुनेछ भने जीवन साथीको सहयोग नपाउँदा कामहरु थाती  रहनेछन् । पढाई लेखाई अधुरै रहनेछ भने नतिजा अरुतिर जानेछ । भौतिक सम्पति तथा सवारी साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला अप्रिय घट्ना घट्न सक्छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) यात्राका क्रममा उपलब्धिमुलक कामहरु गर्न सकिनेछ । व्यापारमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिने तथा आर्थिक रुपमा सम्पन्न हुने समय रहेकोछ । पढाई लेखाईमा प्रतिस्पर्धीहरुलाई किनारा लगाउँदै सफलता हात पार्न सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । भौतिक सम्पति तथा सवारी साधन प्राप्तीको गतिलो योग रहेको छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) बिद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । व्यापार व्यावसायमा प्रशस्त आम्दानी हुनेछ । पुराना ऋण, रोग तथा शत्रुबाट छुटकारा पाईने हुनाले मन प्रशन्न हुनेछ । आफन्त तथा मावली पक्षबाट हरेक क्षेत्रमा सहयोग तथा समर्थन पाईने योग रहेको छ । शत्रु परास्त हुनेछन् भने न्यायलयबाट हुने न्यायिक निर्णयहरु तपाईंकै पक्षमा हुने हुनाले खुसीले उचाई नाघ्नेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) भौतिक वस्तुहरुको प्रयोग गर्न पाईने तथा आकस्मिक धन सम्पति प्राप्त हुने हुँदा  सुखसागरमा रमाउने समय रहेको छ । शिक्षामा सुधार भई विगगतका कमजोरीलाई सच्याउँदै चाहेको गन्तव्य पहिल्याउन सहज हुनेछ । छुट्टिएका माया प्रेमहरु पुनः जोडिने अधिक सम्भावना रहेको छ भने नयाँ प्रेम प्रस्ताव आउनेछ । शिक्षा क्षेत्रसँग सम्बन्धि पेशा व्यवसायबाट मनग्गे धन कमाउन सकिनेछ । आफन्त तथा सन्तानले प्रगती  गरि तपाईंलाई सम्झनेछन् ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुले सर्वसाधारणसँग सन्तुलित व्यवहार गर्नुहोला । काम बिग्रने हुँदा मान सम्मानमा आघात पुग्नेछ । अध्ययन अध्यापनमा तपाईंको कमजोर उपस्थितीको फाईदा अरुले उठाउन सक्छन्, ध्यान दिनुहोला । आमा वा आमा सरहका मानिससँग टाढिएर देश परदेशको यात्रा गर्दा मन विचलित हुनेछ । व्यापार व्यवसायमा न्यून नाफा हुने भएकोले कष्टकर हुनेछ भने कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) आत्मिय मित्र तथा दाजुभाइहरुको सहयोग पाईने हुँदा मन प्रशन्न हुनेछ । व्यापारमा लगानी गरी मनग्गे आय आर्जन गर्न सकिनेछ भने आम्दानीका नयाँ स्रोतहरु थपिनेछन् । माया प्रेममा रमाउन चाहनेहरुका लागि समय राम्रो रहेको छ । पढाई लेखाईमा मन जाने तथा उत्कृष्ट नतिजाको साथमा सम्मानित हुने योग छ । दैनिक जीवनलाई सहज हुने छोटो तथा रमाईलो यात्रा हुनेछ । धर्म कर्ममा मन जाने हुनाले मन्दिर तथा धार्मिक स्थलको यात्रा हुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) बोलीको प्रभाव बढ्ने हुनाले महत्वपूर्ण निर्णयहरु आजको दिन गर्नु उपयुक्त हुनेछ । पारिवारिक जमघटमा दिन बित्ने तथा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । पति पत्नि तथा माया प्रेममा सामिप्यता बढेर जानेछ । कुटुम्बबाट तपाईंले गरेको काममा सहयोग प्राप्त हुनेछ । पढाई लेखाईमा सफलता हात लाग्ने योग रहेको छ । व्यापार व्यवसायबाट प्रशस्त नाफा कमाउन सकिनेछ ।
 
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) प्रतिष्ठित काम गर्ने अवसर आउनेछ भने विशिष्ट व्यक्तिहरु नजिकिने छन् । कन्फिडेन्ट पावर बढ्ने हुँदा उपलब्धि मुलक कामहरु बन्नेछन् । राजनिति तथा समाजसेवामा समय दिनेहरुले पद पाउने समय रहेको छ । व्यापार व्यावसाय फस्टाएर जाने तथा आम्दानीका स्रोतहरु फराकिला हुनेछन् । सन्दर तथा विलासी सामानको प्रयोग मार्फत् अरुको ध्यान आफुतिर आकर्षित गर्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) स्वास्थ्यमा गडबडी भई दैनिक कामकाज बिग्रने खतरा रहेको छ, सचेत रहनुहोला । व्यापारमा लगानी नि गर्न केहि समय पर्खनु राम्रो रहेको छ भने बिदेशमा उत्पादित सामानहरुको व्यापार फस्टाएर जानेछ । पढाई लेखाईमा मन जाने छैन भने अल्छि गर्नाले अन्य कामहरु पनि बिग्रनेछ । प्रेममा एक अर्कालाई अविश्वास गर्नाले नचाहँदा नचाहँदै टाढिनु पर्दा मनमा नरमाईलो लाग्नेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) व्यवसायमा लगानी  गरी प्रशस्त आम्दानी गर्न सकिनेछ भने इच्छित चाहनाहरु पुरा हुने हुनाले मन चङ्गा हुनेछ ।  भुमी, बाहन तथा पैतृक सम्पतिको उपयोग गरि थप फाईदा लिन सकिनेछ । दाजु तथा अग्रजको सहयोगले उपलब्धिमुलक कामहरु गर्न सकिनेछ । अध्ययन अध्यापनमा मन जाने हुनाले नयाँ नयाँ कुराको खोजीमा समय बित्नेछ । माया प्रेममा रमाउन सकिने समय रहेको छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) राजनीति तथा समाजसेवामा समय दिनेहरुले राज्यबाट पद प्रतिष्ठा पाउने ग्रहयोग रहेको छ । व्यापार व्यावसायमा लगानी गरि मनग्गे रुपैयाँ पैसा कमाउन सकिनेछ भने नयाँ काम पाउने तथा नोकरीमा बढोत्तरि हुने योग रहेको छ । बुवा तथा आफन्तबाट सहयोग पाईने हुनाले महत्वपूर्ण कामहरु समयमा नै फत्ते गर्न सकिनेछ । पढाई लेखाईमा प्रतिस्पर्धीहरुलाई किनारा लगाउँदै प्रगती पथमा अगाडि बढ्न सकिनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) आफूले पाएको अधिकारलाई भरपुर प्रयोग गरि उपलब्धिमुलक कामहरु गर्न सकिनेछ । लामो दुरिको धार्मिक तथा शैक्षिक यात्रा तय गर्न सकिनेछ । धार्मिक स्थलको भ्रमण हुनेछ भने आफ्नो संस्कार तथा रितिरिवाज जोगाउन समय लगानी गर्नुपर्ने हुन सक्छ । खोज तथा अनुसन्धानको क्षेत्रमा भने जस्तो नतिजा हात पार्न सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ भने दाम्पत्य जीवन खुसी रहनेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप