शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रियल म्याड्रिड दोस्रो स्थानमा

बिहीबार, १४ कात्तिक २०७६, ०९ : १९
बिहीबार, १४ कात्तिक २०७६

रियल म्याड्रिड स्पेनिस ला लिगा फुटबलको दोस्रो स्थानमा उक्लिएको  छ । लिग अन्तर्गत बुधबार राति भएको खेलमा लेगानेसलाई ५–० गोलले हराउँदै रियल दोस्रो स्थानमा उक्लिएको हो ।

घरेलु मैदानमा रियललाई फराकिलो जित दिलाउन सातौं मिनेटमा रोड्रीगोले खाता खोले । रोड्रीगोले करिम बेन्जेमाको पासमा गोल गरेका थिए । आठौं मिनेटमै टोनी क्रुजले गोल गर्दै रियलको अग्रता दोब्बर बनाए । २४ औं मिनेटमा सर्जियो रामोसले पेनाल्टी मार्फत एक गोल थपे । पहिलो हाफमा तीन गोल गरेको रियलले दोस्रो हाफमा दुई गोल गरेको थियो । रियलले ६९ औं मिनेटमा अर्को पेनाल्टी पायो । उक्त पेनाल्टीलाई करिम बेन्जेमाले सदुपयोग गरे ।

त्यसपछि  दोस्रो हाफको  इन्जुरी समयमा लुका जोभिचले गोल गर्दै रियललाई फराकिलो जित दिलाए । जितसँगै दोस्रो स्थान कब्जा गरेको रियलले १० खेलबाट २१ अंक बनाएको छ । शीर्ष स्थानमा रहेको बार्सिलोनाको २२ अंक छ । रियलसँग हारेको लेगानेस पाँच अंक सहित तालिकाको अन्तिममा छ ।

ला लिगा अन्तर्गत बुधबार राति भएको अन्य खेलमा रियल बेटिसले सेल्टाभिगोलाई २–१, एथ्लेटिक बिल्बाओले स्पान्योललाई ३–० र लिभान्तेले रियल सोसियडाडलाई २–१ गोलले हराएको छ । सेभिल्ला र भ्यालेन्सियाले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप