पाकिस्तानमा गुडिरहेको रेलमा आगलागी, ६५ जनाको मृत्यु
इस्लामावाद । पाकिस्तानमा एउटा रेलमा आगलागी हुँदा कम्तीमा ६५ जनाको मृत्यु भएको छ ।
समाचार एजेन्सीहरुका अनुसार ‘तेज गाम एक्सप्रेस’ नाम गरेको रेलमा बिहीबार आगलागी भएको हो । कराँचीबाट रावलपिन्डी जाने क्रममा लियाकतमा उक्त रेलमा आगलागी भएको हो ।
अधिकारीहरुका अनुसार रेलको तीनवटा रेलको डिब्बामा आगो लागेको हो । स्थानीय प्रशासनले ४६ जनाको मृत्यु भएको पुष्टि गरेको छ । अन्य ३९ यात्रु घाइते भएको बताइएको छ ।
रेलमा सवार यात्रीको एउटा समूहले ग्यास सिलिन्डर, चुलो लगायत खाना पकाउने सामान बोकेका थिए । उनीहरुकै ग्यास सिलिन्डर विस्फोट हुँदा आगो लागेको बताइएको छ ।
रेडियो पाकिस्तानका अनुसार पाकिस्तानका प्रधानमन्त्री इमरान खानले उक्त दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले घाइतेहरुको उपचारमा कुनै कमी आउन नदिन पनि प्रशासनलाई निर्देशन दिएका छन् ।
रेल मन्त्री शेख रशीदले दुर्घटनाको छानविन हुने बताएका छन् । रेलको बीमा गरिएको जानकारी दिदैं उनले बीमाबाट नै नोक्सानको क्षतिपूर्ति हुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुष्पा २ अघि ३ को तयारी, नाम पनि भयो फाइनल
-
भारतले दियो बिजुली आयात अनुमति, ‘लोडसेडिङ’को जोखिम टर्यो
-
प्रहरीमा १ वर्षमा ५९ हजार मुद्दा दर्ता
-
दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष झासहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
अदालतबाट केजरीवालले पाएनन् राहत
-
कोभिड निगरानीका लागि विश्व स्वास्थ्य संगठनद्वारा विश्वव्यापी सञ्जाल सुरु