कर्फ्यू अवज्ञा गर्दा कपिलवस्तु प्रहरीले गोली चलायो, एकको मृत्यु
बिहीबार, १४ कात्तिक २०७६, १२ : ३५
बुटवल– कपिलवस्तुको कृष्णनगर तनावग्रस्त भएको छ । स्थानीय प्रशासनले जारी गरेको कर्फ्यूकैबीच प्रदर्शन नरोकिएपछि प्रहरीले गोली चलाएको हो । प्रहरीको गोली लागेर २० वर्षीय सुरजकुमार पाण्डेको मृत्यु भएको छ ।
कृष्णनगरमा लक्ष्मीको मूर्ति बिसर्जन गर्ने क्रममा बिबाद भएपछि स्थानीय प्रशासनले बिहीबार बिहान ११ बजेबाट कफर्यू आदेश जारी गरेको थियो ।
तर, स्थानीय हिन्दू र मुस्लिम समुदायबीच भएको झडपले उग्र रुप लिएपछि कपिलवस्तुको कृष्णनगरमा अनिश्चितकालीन कर्फ्यू जारी गर्नुपरेको प्रशासनले जनाएको छ ।
प्रहरीका अनुसार, स्थिति नियन्त्रणमा लिन प्रहरीले ४ दर्जनभन्दा बढी अश्रुग्यास प्रहार गरेको छ । सो क्रममा ६ जना स्थानीय घाइते भएका छन् । त्यो क्षेत्रमा अहिले सुरक्षा व्यवस्थामा कडा पारिएको छ ।
यो पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी