बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

भाइटीकाको दिन १३ वर्षीया बालिका बलात्कृत, बलात्कार गर्ने युवा समातिए

बिहीबार, १४ कात्तिक २०७६, १४ : ५६
बिहीबार, १४ कात्तिक २०७६

काठमाडौँ । भाइटीकाको दिन कात्तिक १२ गते धरानमा १३ वर्षीया बालिका ३५ वर्षीय युवकबाट बलात्कृत भइन् । बलात्कार गर्ने युवक गिरेन्द्र राईलाई धरान–१६ बाट प्रहरीले भोलिपल्ट (१३ गते) पक्राउ गर्यो । 

भाइटीकाको दिन बिहान १०ः३० बजेको समयमा एक दलित बालिकालाई धनकुटा छिन्ताङ–४ घर भएका राईले आफू बस्ने कोठामा लगी बलात्कार गरेका हुन् । 

धरान–१६ डेरा गरी बस्दै आएका राईले १३ वर्षीया बालिका आर (परिवर्तित नाम) लाई आफ्नो डेरा कोठामा बोलाई बलात्कार गरेको खुल्न आएको इलाका प्रहरी कार्यालय धरानका डीएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए । 

डीएसपी न्यौपानेका अनुसार पीडित बालिकाको आफन्तले प्रहरी कार्यालयमा जाहेरी दर्ता गरिसकेका छन् । राईले आफू सुत्ने कोठामा लगेर बालिकालाई बलात्कार गरेको प्रहरीलाई बयान दिइसकेका छन् । 

राई र पीडित बालिकाको परिवार एउटै फ्ल्याटमा भाडामा बस्दै आएका थिए । राईको श्रीमती, एक छोरी र एकजना छोरा छन् । 

पक्राउ परेका राईमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप