शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

लग्जरी गाडीका सौखिन छन् बलिउडका यी अभिनेत्री

बिहीबार, १४ कात्तिक २०७६, १५ : ३६
बिहीबार, १४ कात्तिक २०७६

मुम्बई –बलिउड अभिनेताको लग्जरी गाडीको विषयमा धेरै पटक समाचार बने । तर अभिनेत्रीको बारेमा समाचार कमै बाहिर आउने गर्दछ । बलिउडका अभिनेत्री पनि लग्जरी गाडीको मामिलामा अभिनेता भन्दा कम छैनन् । आज बलिउडका ती अभिनेत्रीको चर्चा गर्न खोजिएको छ । जसको साथमा कयौँ लग्जरी गाडीको कलेक्सन छ । 

दीपिका पादुकोण


पछिल्लो समयकी बलिउडको सबैभन्दा सफल र महँगी अभिनेत्रीमा पर्छिन् दीपिका पादुकोण । उनको साथमा बिएमडब्ल्यु ५सिरिज र क्यु ७ गाडी रहेको छ ।
कट्रीना कैफ


बलिउडकी सुन्दर तथा टप अभिनेत्रीमा कट्रीनाको नाम अगाडि आउने गर्दछ । उनी पनि गाडीको सौकिन छिन् । उनको साथमा पनि ओडी क्यु ३ र क्यु ७ नामक गाडी रहेको छ ।
प्रियंका चोपडा 


बलिउडदेखि हलिउडसम्म तहल्का मच्चाउन सफल अभिनेत्री प्रियंका पनि गाडीको मामिलामा सौखिन मानिएकी छन् । उनको साथमा ५.५ करोड रुपैया पर्ने रोेल्स रोयस घोस्ट कारको अलवा बिएमडब्ल्यु ७ सिरिज, पोर्श केन, मर्सिडिज बेन्ज इक्लासका गाडी रहेका छन् । उनसँग पिंक कलरको हार्लै डेविडसन बाइक पनि रहेको छ । 
अनुष्का शर्मा र कंगना रनौत 


अनुष्का शर्माको साथमा लग्जरी रेन्ज रोवर बोग रहेको छ । कंगनाको साथमा भने बिएमडब्ल्यु ७ सिरिज छ ।
सन्नी लियोनी 


बलिउडकी विवादित अभिनेत्री हुन् सन्नी लियोनी । उनलाई लग्जरी गाडी श्रीमान् डेनियल वेबरले गिफ्ट दिने गर्दछन् ।
शिल्पा सेट्टी


अभिनेत्री शिल्पा बिजनेसम्यान राज कुन्द्राकी पत्नी हुन् । शिल्पाको साथमा गोलेर्याडो, बेन्टलेकन्टिनेन्टल र मर्सिडिज बेन्ज एस क्लासको आलिशान गाडी रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप