बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

जापानमा एक हप्ताभित्र दोस्रो मन्त्रीद्वारा राजिनामा,प्रधानमन्त्रीलाई ठूलो धक्का

बिहीबार, १४ कात्तिक २०७६, १९ : ००
बिहीबार, १४ कात्तिक २०७६

टोकियो– जापानका न्यायमन्त्री कात्सुयुकी कावाईले बिहीबार राजिनामा दिएका छन् । एक हप्तामा दुईजना मन्त्रीको राजिनामापछि प्रधानमन्त्री सिन्जो आवेलाई ठूलो धक्का लागेको छ ।

कावाईकी पत्नीले निर्वाचन कानूनको उल्लङ्घन गरेको आरोपपछि न्यायमन्त्री कावाईले नैतिकताका आधारमा राजिनामा दिएका हुन् ।

जापानी साप्तिाहिक पत्रिका शुकान भुनशुनले जुलाईमा जापानी संसदको माथिल्लो सदनमा ४६ बर्षीया एन्द्री कावाईले आफ्ना कर्मचारीलाई कानूनले तोकेभन्दा बढी भत्ता दिएको कुरा सार्वजनिक गरेपछि छपन्न बर्षीय न्यायमन्त्री कावाईले राजिनामा दिएका हुन् ।

कावाईले कर्मचारीलाई दिएको दैनिक खर्च जापानी कानूनले निर्धारण गरेको खर्चभन्दा बढी भएको उक्त पत्रिकाको बुधबारको अनलाइन संस्करणमा छापिएको थियो ।

पत्रिकाले सार्वजनिक गरेको तथ्याङ्क अनुसार एन्द्री कावाईका १३ महिला निर्वाचन अभियानकर्मीलाई कानूनमा व्यवस्था भएभन्दा दोब्बर अर्थात् प्रतिदिन २७६ डलर बराबर खर्च उपलब्ध गराएका थिए । 

मन्त्री कावाईसमेतलाई आफ्नो निर्वाचन क्षेत्रमा मतदातालाई आलु तथा मकैको उपहार दिएर मत प्रभावित गराएको आरोप पत्रिकामा लगाइएको छ ।

प्रधानमन्त्री आवेलाई उनको कार्यालयमा राजिनामा बुझाएपछि बिहीबार पत्रकार सम्मेलनमा भने, ‘मेरो पत्नी एन्द्री वा ममाथि लगाइएका आरोप निराधार छन् । हामीले कुनै अनियमितता गरेका छैनौँ । यसलाई तल्लो तहसम्म पुगेर आरोपलाई निराधार पुष्टि गर्नु नै अहिलेको मेरो जिम्मेवारी हो ।’

हिरोसिमाको निर्वाचन क्षेत्र नं ३ बाट संसदको तल्लो सभाका लागि सात पटकसम्म निर्वाचित कावाईले सेप्टम्बरदेखि न्यायमन्त्रीको जिम्मेवारी सम्हाल्हेका थिए । उनले न्यायराज्य मन्त्री तथा विशेष कुटनीतिक सल्लाहाकारका रूपमा काम गरिसकेका छन् ।  

गत शुक्रबार सोही पत्रिकाले त्यहाँका उद्योग मन्त्रीलाई पनि आफ्ना सहयोगीलाई कानून विपरित नगद तथा उपहार वितरण गरेको समाचार छापेपछि उनले पनि राजिनामा दिएका छन् ।

यसैबीच जापानी प्रधानमन्त्री आवेले दुई मन्त्रीको राजिनामाको जिम्मेवारी लिँदै जापानी जनतासँग क्षमा याचना गरेका छन् ।  उनले भने, ‘न्यायमन्त्री कावाईलाई जिम्मेवारी दिएको र उहाँमाथि अनियमितता गरेको आरोप लागेकाले यसको जिम्मेवारी लिँदै जापानी जनतासमक्ष क्षमा याचना गर्छु ।’ –सिन्ह्वा/Photo: REUTERS​

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप