शाहरुखको अर्को फिल्मको नाम हुनेछ ‘सनकी’ ? सबैभन्दा हट अवतारमा देखिने सम्भावना
शुक्रबार, १५ कात्तिक २०७६, ०८ : ४१
बलिउडका नायक शाहरुख खान नोभेम्बर २ अर्थात् आफ्नो जन्मदिनको अवसर पारेर नयाँ फिल्मको घोषणा गर्नसक्ने सम्भावना रहेको भारतीय मिडियालृ जानकारी दिएको छ ।
पछिल्ला केही दिनदेखि शाहरुख अब साउथका निर्देशक ऐटलीसँग काम गर्न सक्ने भन्ने खबर आइरहेको थियो । ऐटलीको नयाँ रिलिज फिल्म ‘बिगिल’ ले बक्स अफिसमा नयाँ रेकर्ड बनाइरहेको छ ।
खबरका अनुसार निर्माताले शाहरुख र ऐटलीको फिल्मको नाम ‘सनकी’ राख्न चाहन्छन् । यो पूर्ण रुपमा एक व्यावसायिक फिल्म हुनेछ जसमा शाहरुख निकै हट अवतारमा देख्ने बताइएको छ ।
स्मरण रहोस्, शाहरुखलाई अन्तिम पटक निर्देशक आनन्द एल रायको ‘जिरो’ मा देखिएको थियो । यद्यपि, फिल्म बक्स अफिसमा फेल भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा