शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नाबालिका छोरी बलात्कार गर्ने बाबु पक्राउ

शुक्रबार, १५ कात्तिक २०७६, १२ : ५७
शुक्रबार, १५ कात्तिक २०७६

काठमाडौँ । ६ वर्षीया नाबालिका छोरी बलात्कार गर्ने बाबुलाई प्रहरीले पक्राउ गरेको छ । कात्तिक १३ गते नाबालिका छोरीलाई उनले आफ्नै कोठामा बलात्कार गरेका हुन । 

भोजपुर घर भई हाल धरान – १७ मा डेरा गरी बस्दै आएका ३८ वर्षीय बाबुले आफ्नै नाबालिका छोरीलाई बलात्कार गरेको इलाका प्रहरी कार्यालय धरानका प्रमुख ढुण्डीराज न्यौपानेले बताए । 

छोरीलाई बलात्कार गरेर थाहा भएपछि नाबालिकाकी आमाले कात्तिक १४ गते प्रहरीमा उजुरी दिएकी थिइन् । उजुरी दिएलगत्तै खटिएको प्रहरी टोलीले आरोपी बाबुलाई लुकिछिपी बसेको अवस्थामा धरानबाट पक्राउ गरेको हो । 

पक्राउ परेका उनीमाथि जबरजस्तीकरणी मुद्दामा जिल्ला अदालत सुनसरीबाट म्याद थप गरेर अनुसन्धान भइरहेको प्रमुख न्यौपानेले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप