शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालको सबैभन्दा ठूलो सेल ११.११को लागी दराजको यस्तो छ तयारी

शुक्रबार, १५ कात्तिक २०७६, १८ : ३६
शुक्रबार, १५ कात्तिक २०७६

अलीबाबा ११.११

संसारकै सबैभन्दा ठूलो सेल अलिबाबा को ११.११ सेल नजिकिँदै छ । पहिले चीनमा मात्र सिमित उक्त सेल अहिले संसार भरि एउटा मनोरन्जनात्मक सेल डेको रुपमा चिनिन थालेको छ । यो सेल अहिले अलिबाबासँग सम्बधित देशहरु तथा दराजले व्यापार गर्ने नेपाल लगायत अन्य देशहरुमा पनि हरेक वर्ष नोभेम्बर ११ को दिन हुने गर्दछ ।

दराज ११.११

अलिबाबाद्वारा अधिग्रहण गरिएपछि दराजले सन् २०१८ को नोभेम्बर ११ अर्थात २०७५ कार्तिक २५ गते नेपालमा ११.११ आयोजना गरेको थियो । उक्त दिनमा दराजले साधारण दिन भन्दा ८० गुणा बढि व्यापार गरेको थियो साथै २ लाख भन्दा बडि उपभोक्ताहरु, १ हजार भन्दा बढी बिक्रेता तथा ब्राण्डहरु एकै दिन दराज एपमा जम्मा भएका थिए । त्यो सच्चिनै नेपालको सबैभन्दा ठूलो अनलाइन किनमेल उत्सवको हुन पुगेको थियो । 

नेपालमै पहिलो पटक विद्युतीय भुक्तानी सेवाको सुरुवात गरेर दराजले यसपालीको ११.११ सेल डेले अझै ठूलो बनाउने भएको छ । 

यस एक दिने महा अभियानको बारेमा दराज नेपालका प्रबन्ध निर्देशक लिनो अलरिंग भने, ‘गतसालको सफलता तथा परिणामहरूबाट सिक्दै यसपाली हामी उपभोक्ताहरुलाई झनै राम्रो र साच्चिनै रमाइलो एकदिनको सेलको अनुभूति दिन चाहान्छौं । हामी उपभोक्ताहरुलाई सबैभन्दा राम्रो सेवा प्रदान गर्न अझै बढी जनशक्ति तथा सामानहरु थपेका छौं । इन–एप गेमहरु, मेगा भौचरहरु, उपहारहरु, र खास छूटहरु तथा सामाजिक सञ्जाल मा प्रत्यक्ष प्रशारण हुने रमाइलो भिडियोहरुले गर्दा यो यसवर्ष कै ठूलो हाइलाइट हुने अनुमान छ ।’

दराज को तयारी

यस साल को ११.११ अभियान मा दराजसँग ३ हजार हजार भन्दा बढी बिक्रेता गरि ३ लाख भन्दा बढी सामानहरु तथा ४ लाख भन्दा बढी प्रयोगकर्ताहरूको सहभागिता हुने अनुमान छ । त्यस दिनमा मात्र हुने १ लाख अपेक्षित अर्डरहरुको लागि तयारी गर्न दराजले ४ सय थप डेस्क हिरोहरु (डेलिभरी राइडर) तथा ५० जना थप कस्टुमर केयर अगेंटहरु थपेको छ । 

साथै दराजले नेपाल भरिका दराज हबहरुमा कलेक्सन पोइन्ट सेवा सुरु गरेको छ जसले उपभोक्ताहरुको समय र पैसा बचाउनेछ । उपभोक्ताहरुले आफुले पहिले पैसा तिरिसकेको समानहरु आफुलाई सजिलो पर्ने समयमा आफू नजिकैको दराज हबबाट लिन सक्नेछन् जसले गर्दा वितरण शूल्क तिर्नु पर्दैन । 

यसका साथ साथै सामानको गुणस्तर चेक गर्न दराजमा आझै धेरै फिचरहरु पनि थपिएका छन् जस्तो कि इमेज रिभ्यू र सेलरसँग प्रतक्ष्य च्याट गर्न मिल्ने सेवा । यी फिचरहरुले उपभोक्ताहरुलाई सहि सामान छान्न निकै सहयोग पुग्नेछ । 

साथै मशिन लर्निङ्ग अथवा आर्टीफिशियल इन्टेलिजेन्समार्फत दराजले उपभोक्ताहरुलाई आफूले खोजेको जस्तो समान खोज्न सहयोग त पुर्याइरहेको नै छ । समग्रमा यस वर्ष को ११.११ एक दिनको सेल अहिले सम्म कै सबै भन्दा ठूलो र उत्कयष्ट हुने अनुमान रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप