अष्ट्रेलियाको क्लीन स्वीप
एजेन्सी-घरेलु टोली अष्ट्रेलियाले श्रीलंकाविरुद्धको तीन खेलको टी–२० क्रिकेट सिरिजमा क्लिन स्वीप गरेको छ । मेलबर्नमा शुक्रबार भएको तेस्रो तथा अन्तिम खेलमा अष्ट्रेलियाले श्रीलंकालाई सात विकेटले हरायो । यस जितसँगै अष्ट्रेलियाले सिरिज ३–० ले जितेको छ ।
श्रीलंकाले दिएको एक सय ४३ रनको लक्ष्य अष्ट्रेलियाले १७.४ ओभरमा तीन विकेटको क्षतिमा पूरा गरेको थियो । अष्ट्रेलियाको जितमा डेभिड वार्नरले अविजित ५७ रन बनाए । कप्तान आरोन फिन्चले ३७ र एस्टन टर्नरले अविजित २२ रन जोडे । श्रीलंकाका लासिथ मालिंगा, लाहिरु कुमारा र नुवान प्रदीपले एक एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ४२ रन बनाएको थियो ।
श्रीलंकाका लागि कुशल परेराले ५७ रन बनाए । अभिस्का फर्नान्डोले २० र भानुका राजपाक्षले अविजित १७ रन बनाए । अष्ट्रेलियाका मिचेल स्टार्क, केन रिचार्डसन र पाट कुमिन्सले समान दुई दुई विकेट लिए । श्रीलंकाविरुद्ध अष्ट्रेलियाले पहिलो खेलमा एक सय ३४ रन र दोस्रो खेलमा नौ विकेटको जित हात पारेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी